नेपाल अनुकुल हुने सम्झौता कार्यान्वयनमा भारत सधैव उदासिन

  प्रदीपराज दाहाल

काठमाडौँ नेपाल र भारतबीच विभिन्न कालखण्डमा धेरै सम्झौताहरु भए अन्य विश्व परिवेशमा दुई देशको सम्बन्ध अलग रहेको वकालत गर्ने भारत, नेपालसँगका हरेक सम्झौतामा झुक्याउने दाउमा देखिन्छ नेपाल र भारतबीच विभन्नि समयमा कैंयैन सम्झौताहरु भए तर ति सबै नेपालको परिप्रेक्षमा खासै उत्साहजनक रहेन

हरेक सन्धी सम्झौतामा सानो चारो दिएर ठूलो माछा हात पार्ने दाउमा भारत सधैव सफल देखिन्छ भारतको यस्तो प्रवृत्तिको नेपाल हरेक पटक शिकार बन्दै आएको छ र सम्झौताको अधिनमा रहँदा सधैँ दुःख र पश्चाताप बाहेक केही गर्न सकेको छैन

संघीय लोकतान्त्रि गणतन्त्र नेपाल बनेपछि १० जना प्रधानमन्त्री मुलुकले पायो जसमध्ये एकाध बाहेक सबै जसो प्रधानमन्त्री भारत भ्रमणमा निस्किए ति भ्रमणहरुका क्रममा केही न केही सम्झौता भएका छन्

आफ्नो फितलो तयारी र भारतले जसरी आफ्नो अनुकुलमा सम्झौता पत्र तयार पार्छ त्यसमा सहीछाप लगाउने नमिठो नियत नेपाल सामू सधैव रह्यो सम्झौता लगतै आत्मरतिमा रमाउन बाहेक नेपाली नेतृत्वजन कतै सफल बनेको खासै उदाहरण छैन

भारतमा मोदी नेतृत्वको सरकार गठन भएपछि मात्र नेपालका चारजना प्रधानमन्त्रीले द्विपक्षीय भेटवार्ता गरेका छन् २०७१ साल यता नेपालमा सरकार परिवर्तन भएपश्चात भारत भ्रमण गरेका सबैले दुई देशीय हितमा गरेका सम्झौता कति कार्यान्वयन भए, त्यो औँलामा समेत गन्न सकिन्छ तर, सम्झौतालाई आफू अनुकुल प्रयोग गर्न माहिर भारतले नेपाल अनुकुलका सम्झौतालाई कार्यान्वयनमा ल्याउन चासो नै नदिएको तितो यर्थाथ हामी माझ छ

यस अघिका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि भारत भ्रमणमा जाँदा पुनर्निर्माणको क्षेत्रमा भारतले ठूलो सहयोग गर्ने आश्वासन सहित हस्ताक्षर गरेर फर्किएका थिए तर, सम्झौता कार्यान्वयन अझै भएन, त्यतिमात्र होइन पुनः शेरबहादुर देउवाको भ्रमणमा समेत सोही विषय दोहोरियो

तर, आश्चर्य त्यहाँ छ कि भारतले प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा दुई देशबीच अन्तर्राष्ट्रिय समुदायमा एउटै धारणा अघि सार्ने विषयलाई भने यसरी उजागर गर्यो कि नेपालले केहि गर्न सकेन यही बुँदालाई लिएर भारतले दोक्लम विवादमा नेपाललाई घसेट्न खोज्यो औपचारिक रुपमा नआए पनि भित्र भित्रै भारतको नेपालको दृष्टिकोण बुझ्ने प्रयास गरेको विज्ञहरु दाबी गर्छन

सधैँ सम्झौता हुनु तर कार्यान्वयन नहुँदा नेपाली जनता सम्झौताको चाङप्रति आक्रोशित भइसकेका छन् सरकारले अब सम्झौतामा भन्दा पनि कार्यान्वयनतर्फ ध्यान दिन जरुरी छ, होइन भने नेपाल सधैँ सम्झौतामा मख्ख पर्ने र भारतले पुर्याएको असरमा मौन रहने हो भने नेपाली जनताले राजनीतिक दल र नेताहरुलाई कहिल्यै पनि विश्वास गर्ने छैनन् भन्ने सबैले बुझन जरुरी छ

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार