एजेन्सी । दक्षिणी सुडानमा सेना र बिद्रोही बिच भिडन्त हुदा एक अमेरिकी पत्रकार सहित १९ जना मारिएका छन् । येई रिभर स्टेटको काया क्षेत्रमा भिडन्त भएकाृ हो । घटना लगतै सेनाले आन्दोलनकारीसंग भएको गोली हानाहानमा ति पत्रकार सहित अन्यको मृत्यु भएको स्पष्ट पारेको छ ।
द्दन्दरत क्षेत्रमा स्वतन्त्र पत्रकारका रुपमा काम गरिरहेका क्रिष्टोफर अलान धेरै समाचार संस्थामा आबद्द रहेका थिए । पछिल्लो समय अलजजिरामा समेत काम गरेका अलानको मृत्युको पुष्टि त्याँहाको एक स्थानिय सरकारी समाचार संस्थाले गरेको हो ।
भिडन्त भएको स्थानमा एकै ठाँउमा भुँईमा लडिरहेको अवस्थामा १६ जनाको लास भेटिएको थियो । सन् २०११मा सुडानबाट स्वतन्त्र भएको दक्षिण सुडानमा सन् २०१३ यता सरकारी सेना र बिभिन्न आन्दोरनरत समुह बिच युद्द जारी छ ।