हरदिन समयसंग मेरो घमाशान युद्द चलिरहन्छ
बिहानै आलरामले युद्दको उद्घोष गर्छ
म स-शस्त्र तैनाथ भएर बख्तरबन्द गाडीमा सवार हुन्छु
सुर्यास्त नहुन्जेलसम्म युद्द जारी रहन्छ
कहिले समयको सेना पछाडी हट्छन
त् कहिले म सैनिक बिहीन सेनापति
सुर्यास्तसंगैको अँध्यारोले युद्द सकिएको संकेत गर्छ
म समयसँग भोलिको धम्की दिंदै युद्द मैदान छोड्छु
र बख्तरबन्द गाडीमा हतियार बिसर्जन गर्दछु
रात पर्नु हुन्न सम्झना नानी दिमागमै बम हान्छिन
मेरा हरेक सपनाहरु खरानी भएको देख्छु
त्यहि खरानीमा रंग देख्छु , फरक -फरक
चौतर्फी खाल्डा -खुल्डी परेको मेरो रात फेरी बिहानको प्रतिक्षामा
बिहान उही आलारम बज्छ …
भन्दै – “जिन्दगी र युद्द “