हो
म खोज्दैछु
म भित्रको कविलाई
अनि कल्पिन्छु कल्पनाको एउटा संसार
एउटा दुर बस्तीमा
झरनाको छनछन संगै मागेर एउटा सुर
सरसर चल्ने बताससंगै ताल मिलाई
मगमग फुलेका फूलहरूसंग म एउटा गीत कोर्नेछु
अनि अघि बढ्नेछु
बस्तीका ती गल्ली भित्र
जहाँ
प्रेमिको स्पर्सले लजाएकी प्रेमिकाको
झुकेका नजरसंग थोरै लाज मागेर
मन्द मन्द मुस्काएका मुस्कानका लालीसंग
केहि लाली मागेर
म लेख्नेछु प्रेमिल भाकामा
एउटा सुन्दर कविता
अझै अघि बढ्दै
म चिहाउनेछु भट्टिका ति गिलासहरूलाई
जहाँ भरेर नसाका प्याला
कसैले रक्सीलाई पिऊँदै थिए
त कसैलाई रक्सीले पिउँदिथिए
हो त्यो बेला
म नसाको कारण सापटीलिई
लेख्नेछु बिछोडको आँसुका गाथा
मायाले दिएका चोटको कथा
फेरी
हेरेर भेदभाव सानाठूलाको
देखेर शोषण धनीले गरिबको
जातैले छेकेका मानवताको बाँध
रंगैले बाँधेका समानताका हात
यी सबैसंग मागेर
एउटा बुलंद आवाज
म फुक्नेछु बिगुल
समानता र सदभावनाको
लेख्नेछु एउटा कबिता
प्रकृतिलाई सम्झेर, मायालाई सुम्पेर
चोटमा मलम लगाउन सक्ने
साँच्चै
म चाहान्छु लेख्न कवि बनेर
मनका भावना छताछुल्ल पारेर
एउटा कविता !!