राष्ट्रवादी विद्यार्थी संघ केन्द्रिय समितिद्धारा आयोजित वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोटेश्वर बहुमुखी क्याम्पसमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीको प्रमुख आतिथ्यता र राष्ट्रवादी विद्यार्थी संघ केन्द्रिय समितिका सह–महामन्त्री विवेक श्रेष्ठको संयोजत्वमा सम्पन्न भएको हो।
सो कार्यक्रममा कोटेश्वर बहुमुखी क्याम्पस र एकिकृत राष्ट्रवादी विद्यार्थी संघमा आवद्ध ९८ जनाले रक्तदान गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले रक्तदान किन गर्ने कुरामा प्रकाश पर्नु भएको थियो साथै नेपालमा हरेक कुरा लिने र ब्यापारीकरण गर्ने बेक्तीहरुको बहुलयता रहेको भन्दै आफ्नो बिधार्थी युवाहरुले रक्तदान जस्तो पुण्य काम गर्नु भएकोमा धन्यवाद दिनु भएको थियो |
कार्यक्रमका सभापति एवं राष्ट्रवादी विद्यार्थी संघ केन्द्रिय समितिका सह–महामन्त्री विवेक श्रेष्ठले रक्तदान गर्न आउँनुहुने सम्पूर्ण साथीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्ता सामाजिक कार्यको निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।बिबेक श्रेष्ठ हरेक सामाजिक कार्यमा निरन्तरता दिदै अहिले बिधार्थी संगठनबाट आफ्नो सामाजिक अनि राजनीतिक जीवन चलाईरहनु भएको छ !
कार्यक्रममा राष्ट्रवादी विद्यार्थी संघको केन्द्रिय अध्यक्ष उज्जल पोखरेल, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र गजुरेल, उपाध्यक्ष मनोज नेपाल,लगायतका व्यक्तिहरुको उपस्तिथी रहेको थियो |