भियनावासी नेपाली बालबालिकाहरुको लागि समर २०१७ को नयाँ अनुभव

अस्ट्रियामा नेपालीहरुको उपस्थिति ४० बर्ष भन्दा पहिले देखि भएको पाईन्छ तर दोश्रो पुस्ता भने भर्खर हुर्कंदै गरेका छन् | नेपालीहरुको यकिन तथ्यांक नभए पनि लगभग १५०० को हाराहारीमा अस्ट्रियाको बिभिन्न राज्यहरुमा बसोबास गरिरहेको अनुमान छ | त्यस मध्ये राजधानी भियन्नामा सबै भन्दा धेरै बसोबास गर्छन र यसपटकको गर्मि याम भने भीयन्नाबासी नेपाली बालबालिकाहरुले निकै रमाइलो साथ बिताउने अवसर पाए |
  

नेपाली समाजमा चिर परिचित नाम निलम सिन्चुरीको सक्रियतामा भियन्नाबासी नेपाली बालबालिका र बयस्कहरुले पौडी तालिम लिने अवसर पाएका छन | भियन्ना स्थित नागरिकहरुको स्वास्थ्य क्षेत्रमा काम गर्ने गैर नाफा मुलक सरकारी संस्थाको आर्थिक सहयोगमा ४ बर्षको उमेर भन्दा ठुला १५ बालबालिका र ६ जना बयस्कहरुले व्यावसायिक प्रशिक्षकहरु आर्थुर र निकीबाट भियन्ना पौडी स्कूलमा गहन तालिम लिएका छन | तालिमको अन्तिम दिनमा सबै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र पनि बितरण गरिएको थियो |
        

अविभावकहरुको अनुसार अस्ट्रियामा सरकारी स्तरबाट यस्तो कार्यक्रम नेपालीहरुकोलागि आयोजना गरिएको पहिलो पल्ट हो र यसको श्रेय सबै निलम सिन्चुरीलाइ जान्छ | तालिमको अन्तमा हर्षित हुँदै सिन्चुरिले सबै बालबालिकाहरु लगायत बयस्कहरुले यो तालिमबाट  धेरै प्रगति गरेका र यसको लागि साथ दिने  संस्था नेपाली आदिबासी जनजाति महासंघ अस्ट्रिया लगायत सबै अविभावकहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो |

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार