इटालीमा नेपाली पाठशाला

ईटालीको मिलानमा नेपाली पाठशाला निर्माण गरिने भएको छ । मिलानमा रहेको मितेरी मञ्चले शिक्षा मन्त्रालयसित हातेमालो गर्दै उक्त पाठशाला निर्माणको पहल थालेको हो ।

गत आइतवार हरितारिका (तिज) मनाउन मिलानमा आयोजित भेलामा नेपाल मितेरी मञ्चका अध्यक्ष विशाल तामाङले नेपाली पाठशाला स्थापनाको पहलबारे जानकारी दिएका हुन् ।

विदेशमा रहेका बालबालिकाका लागि ‘भाषा बचाउ अभियान’ सञ्चालन गर्न शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले सहयोग गरेको अध्यक्ष तामाङले बताए । यो अभियानअनुरुप पहिलो चरणमा शिक्षा मन्त्रालयबाट प्राप्त नेपाली तथा अंग्रेजी विषयका पुस्तकहरु गैरआवासीय नेपाली संघ इटालीका अध्यक्ष क्षेत्रकुमार श्रेष्ठले मिलानबासी बालबालिकालाइ बितरण गरेका थिए ।

अध्यक्ष श्रेष्ठले नेपाल मितेरी मंच मिलानले सुरु गरेको यस अभियानमा नेपाल सरकारले पनि उत्तिकै महत्व र सहयोग गरेकोमा दुवै पक्षलाई धन्यबाद दिए ।

आगामी दिनमा यस भाषा बचाऊ अभियानलाइ गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति मार्फत तार्किक निश्कर्षमा पुर्याउने र इटालीलगायत अन्य देशका विभिन्न शहरहरुमा नेपाली पाठशाला निर्माण गर्ने अभियानमा निरन्तरता दिन आफुले पनि पहल गर्ने जानकारी उनले दिए ।

भाषा बचाऊ अभियानलाइ अन्तराष्ट्रिय अभियानका रुपमा अगाडि बढाउन मितेरी मंच मिलानका सदस्य अस्मि घिमिरे न्यौपाने, गैरआवासीय नेपाली संघ इटालीका निवर्तमान महासचिब राजन चापागाईं, मंचका सचिब भावेश सिंह, शिव रिजाललगायतले प्रतिबद्धता जनाएका थिए ।

http://bit.ly/2wtrKot

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार