यार्सागुम्बा टिप्नेको सुरक्षामा खट्ने युवाको तलव मात्रै एक लाख

काठमाडौँ, रुकुमको उत्तरपूर्वी भेग पुथा उत्तरगंगा गाउँपालिकाको पुपाल लेकमा यार्सा टिप्न जानेहरुको सुरक्षार्थ तैनाथ ससस्त्र युवाहरुको तलव कति होला ? अत्यन्तै हाइअल्टिच्युटमा सुरक्षागार्डको रुपमा खट्न पनि उत्तिकै चुनौतीपूर्ण छ तर तलव सुबिधा पनि उस्तै आकर्षक रहेको छ ।

यार्सा सिजन व्यवस्थापन समितिको मातहतमा सुरक्षा दस्ताका रुपमा झन्डै एक सयको संख्यामा यस्ता युवा खटिने गर्छन् । उनीहरुले यसरी महिनाभरि खटिएबापत नि:शुल्क खान र बस्नका साथै झन्डै एक लाख रूपियाँ नगद पनि हात पार्छन् ।जुन साधारण नेपालीहरुको तलव भन्दा निक्कै धेरै हो ।

करोडौको यार्सागुम्बा हेलिकप्टर चार्टर गरी काठमाडौँ ल्याइयो

बहुमुल्य जडिबुटी मध्य पर्ने यार्सागुम्बा नेपालको हिमाली जिल्ला तिर बर्षेनी करोडौ रुपैया बराबरको संकलन गर्ने गरिन्छ । बझाङ र दार्चुलाबाट झण्डै १० करोड रुपैयाँ मुल्यको यार्सागुम्वा हेलिकप्टर चार्टर गरेर सोमबार काठमाडौं ल्याइएको छ । काठमाडौं बस्दै आएका जुम्लाका चन्द्रप्रसाद थकाली फिस्टेल एअरको हेलिकप्टर चार्टर गरेर यार्सा लिन पुगेका थिए । थकालीले प्रतिकिलो १६ लाख रुपैयाँका दरले दार्चुला र बझाङबाट ५६ किलो यार्सा किनेका हुन् ।

थकालीले यसअघि दार्चुलाबाट ३६ किलो यार्सा किनेका थिए भने सोमबार बझाङ चैनपुरस्थित बाउलीगाडमा उत्रेर २० किलो यार्सा किने । थकालीले किनेको ५६ किलो यार्साको मुल्य आठ करोड ९६ लाख रुपैयाँ पर्छ । सोही हेलिकप्टरमा बझाङका व्यापारी रवीन्द्र न्यौपाने र देवेन्द्र न्यौपानेले ९६ लाख रुपैयाँ पर्ने ६ किलो यार्सा पनि सोमबार नै काठमाडौं ल्याएको छ । यसै गरी अन्य ब्यापारीहरुले हेलिकप्टर चार्टर गरी काठमाडौँ ल्याउने र बिदेशी ब्यापारीलाई महँगो मुल्यमा बेच्ने गरेका छन ।

के हो त यार्सागुम्बा ?

यार्सागुम्बा भनेको हिमाली भेकमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको बस्तु हो । यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रति भएका हुन्छन् । यार्सागुम्बाको जीवनचक्रका सम्बन्धमा बनस्पतिविदहरूका अनुसार यो ६ महिना किरा र ६ महिना बनस्पति भएर रहन्छ । त्यसरी हेर्दा बनस्पति जिवित रहे प्राणी मर्ने र प्राणी जिवित रहे बनस्पति मर्ने हुन्छ । जमिनमा रहेका पुराना यार्सागुम्बाबाट हावामा प्रशस्त बीऊहरू फैलिरहन्छन् । यी बीऊहरू एक प्रकारका पुतली, झुसिल्किराको शरीरमा टाँसिन्छन् र त्यहीँ उम्रन्छन् ।

यी बीऊहरू उम्रेपछि यिनका जराहरू झुसिल्किराको शरीरमा फैलन्छन् त्यस समयसम्म झुसिल्किरा हिडडुल गरिरहेकै हुन्छ । यसरी यो बनस्पतिको जराहरूले झुसिल्किरालाई पुरै ढाक्दै गएपछि झुसिल्किरा जमिनभित्र गएर मर्छ । झुसिल्किरा जमिनमा मरिसके पछि बनस्पतिले आˆनो आहारा त्यही झुसिल्किराको शरीरबाट लिन्छ र बनस्पति विकसित हुन्छ अर्थात माटो माथि जिवित रहन्छ माटो मुनी मर्छ । माटो माथिको बनस्पति माटोमुनिको प्राणीको टाउकोबाट पलाएको हुन्छ यसको रङ्ग कालो हुन्छ जसको टुप्पोमा सानासाना प्वालहरू हुन्छन् ती प्वाल भित्र लामा लामा थैला हुन्छन् र प्रत्येक थैलामा मसिना मसिना लामा लामा बीऊ हुन्छन् ।

यो बिशेष गरेर उत्तरी क्षेत्रमा बर्षभरि पाउन सकिन्छ । यो ढुसी झुसिल्किराको शरीरबाट खाद्य पदार्थ प्राप्त गरेर विकसित हुन्छ । र यसका प्रत्येक दुई भाग हुन्छन् जमीनमाथिको भाग यार्सा र जमिनमुनिको भाग गुम्बा । यो परस्पर जोडिएको हुन्छ । जबसम्म बनस्पति पूर्ण विकसित हुँदैन तबसम्म प्राणी डुलिरहने हुनाले यसलाई डुलन्ते झार भनिएको हो ।

विभिन्न बनस्पति सम्बन्धि पुस्तकमा यार्सागुम्बाका १०० भन्दा बढी प्रजाति रहेको उल्लेख गरिएको छ । ती मध्ये जापानमा ३० वटा, बि्रटेनमा १२ वटा, भारतमा ७ वटा चीनमा २१ वटा प्रजातिका यार्सागुम्बा पाइन्छ । नेपालको सन्दर्भमा भने यकिन गरेर भन्न नसकिने बनस्पतिविज्ञहरू वताउछन् । तर पनि उनीहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमा कोर्डिसेप्स साइनेन्सिस, कोर्डिसेप्स मिलिटरिस र कोर्डिसेप्स नुटन्स प्रमुख रहेका छन् ।

कोर्डिसेप्स साइनेन्सिस जातका यार्सागुम्बा नेपालका ताप्लेजुङ, संखुवासभा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, मुगु, डोल्पा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा जिल्लाहरूमा पाइन्छ । त्यस्तै कोर्डिसेप्स मिलिटरिस जातको यार्सागुम्बा भक्तपुरको सूर्यविनायकमा पाइन्छ भने कोर्डिसेप्स नुटन्स शिवपुरी नागाजूृनको जंगल, गोकर्ण मनाङमा पाइन्छ ।

यौन उत्तेजना बढाउन प्रयोग गरिन्छ यार्सा

संसारमा पाइने १०० भन्दा बढी प्रजातिका यार्सागुम्बाहरू दुर्लभ, बहुमूल्य र प्रयोगका लागि उपयुक्त मानिदैनन् । नेपालमैं पाइने ३ प्रकारका यार्सागुम्बाहरू पनि सबै प्रयोगयोग्य र बहुमूल्य छैनन् ।

बनस्पतिविज्ञहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमध्ये कोर्डिसेप्स सिाइनेन्सिस प्रजातिको यार्सागुम्बा मात्र बहुमूल्य र प्रयोगमा आउँछ । यी तीनैवटा यार्सागुम्बाको नाम बानस्पातिक नाम हो । संसारमा पाइने यार्सागुम्बाहरूमा पनि कोर्डिसेप्स सिाइनेन्सिस मात्र औषधिको रुपमा प्रयोग गरिन्छ ।

हुनत यार्सागुम्बाको प्रयोग कामोत्तेजक औषधि तथा स्मरण शक्तिवर्द्धक औषधिको रुपमा प्रयोग गरेको कुरा विभिन्न पुस्तकहरूमा उल्लेख भएको पाइन्छ । तर यसलाई औषधिको रुपमा त्यतिमा मात्र प्रयोग गरिने कुरा नेपालको आयुर्वेदिकले मान्न तयार छैन ।

उसका अनुसार यस बाहेक अन्य औषधिमा पनि यार्सागुम्बाको प्रयोग गरिन्छ । यार्सागुम्बा पाइने ठाउँका मानिसहरूका अनुसार यार्सागुम्बा रक्तश्राप रोक्न, काटेको घाउ चाँडै निको पार्न, रगतमासी निको पार्न तथा शरीर दुखेमा पनि यसलाई पिसेर धुलो बनाई खाने गरिन्छ ।

कतिपय मानिसहरूले भने हिमालमा पाइने पाँचऔंले, मौरीको मह र दूधसँग यार्सागुम्बा मिसाएर खाने गर्दछन् । यसरी खाँदा तागत बढ्ने विश्वास गरिन्छ । यसका साथै यसको धूलोलाई उमालेको दूधसँग खाएमा भिटामिनको कमीलाई पूरा गर्दछ भन्ने विश्वास गर्दछन् । कतिपयको भनाइमा भने तीन वटा यार्सागुम्बालाई उमालेको दूध वा महसँग खाएमा यौन उत्तेजकको काम गर्ने गर्छ भन्न विश्वास छ ।

बैज्ञानिक तथा वनस्पति विज्ञहरूको भनाइ अनुसार १३ वटा अन्य जडीबुटीसँग यार्सागुम्बालाई मिसाएर लगातार ३ बर्ष खाइरहे मोटोघाटो, फुर्तिलो र सुन्दर हुने गर्दछ । त्यसैले यार्सागुम्बाबाट बनाइएका टनिकहरू चीनमा खुल्ला रुपमा बिक्री गरिन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार