राजेन्द्र महतोको गर्जन – ‘बाढी पीडितका लागि ३६ अर्ब रुपैयाँ देउ, हामी वितरण गर्छौ’

राजविराज । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले बाढी र डुबानबाट क्षति पुगेको क्षेत्रको पुनर्निर्माण र पीडितलाई क्षतिपूर्तिका लागि सरकारले ३६ अर्ब रुपैयाँ छुटयाउनुपर्ने माग गरेका छन् । राहतका लागि राजपाले ३६ अर्ब रुपैयाँ माग गरेपनि सरकारले एक अर्ब मात्र निकासा गरेको बताउदै उनले सो रकम आफुहरुले वितरण गर्न पाउनुपर्ने बताए ।

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न सप्तरी पुगेका महतोले सदनमा टेबुल भएको परिमार्जनसहितको विधेयकको विपक्षमा मतदान गर्ने दललाई जनताले माफ नगर्ने समेत बताए ।  संविधान संशोधनको माग कुनै दलको नभई सबै मधेशी, आदिवासी जनजाति, शोसित पीडित जनताको भएको जिकीर गरे । संसदमा रहेका सबै दललाई विधेयकको पक्षमा मतदान गर्न आग्रह गर्दै महतोले पारित हुने वित्तिकै राजनीतिक निकास निस्कने र चुनावका लागि बातावरण सहज पनि हुने बताए ।

हिजो नाकाबन्दी हुँदा यो भारतले गरेको होइन भन्नेहरु आज पत्रकार सम्मेलन गरी गरी भारतका कारण नेपालमा डुबानमा परेको होइन भन्छन् । मरेको बालकलाई सदगत गर्ने जमिन नहुँदा सप्तरीमा ती बालकका काकाले बच्चा पानीमा बगाए । मधेस र मेधसीको लागि हौं भन्नेहरुले यस्तो अवस्था कसरी आयो, भन्ने बारे बोल्नु पर्छ कि पर्दैन ?

मधेसी नेताहरुले सरकारसँग राहत आफूलाई दिइनु पर्छ र त्यो पैसा आफूले मधेस लैजाने र आफुखुसी बाँडने भनिरहेका छन् । हिजो नाकाबन्दी र आन्दोलन गर्दा पनि यिनैले पैशा लगे । झ्यालको शिशा फुटे बापत टिकापुर काण्डका नाइके रेशम चौधरीलाई झन्डै २ करोड दिए । उनीहरु पैशा मागिरहने, यिनीहरु दिइरहने । यो भन्दा लाजमर्दो के होला ?

पीडितका लागि एक अर्ब रुपैयाँ निकासा

बाढीपहिरो पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको बैठकले कोषमा रहेको २ खर्ब १७ अर्ब रुपैयाँ मध्येबाट तत्कालका लागि एक अर्ब रुपैयाँ गृहलाई दिने निर्णय गरिसकेको छ । गृहले भने रकम भन्दा पनि बाढी प्रभावित क्षेत्रमा अन्य ब्यवस्थापनको खाँचो औल्याउदै आएको थियो । समितिका अध्यक्ष तथा योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले आवश्यकता अनुसार सो रकमबाट खर्च गर्न पाइने बताए ।मृतकका परिवारलाई दुई लाख रुपैयां राहत रकम दिने निर्णय सरकारले गरिसकेको छ । गृहको तथ्याङक अनुसार गएरातीसम्म बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ भने ३२ जना अझै बेपत्ता छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार