बिभिन्न कार्यगत शिलशिलामा सुदुरपश्चिमबाट परदेशिएका युवाहरु पहिलो पटक धनगढीमा भेला हुने भएका छन । आउदो असोज २० र २१ गते हुने अन्तराष्टिय नेपाली सुदुरपश्चिमेली समाजको पहिलो अधिवेसनका लागि सुदुरपश्चिमेली युवाहरु धनगढीमा भेला हुन लागेका हुन ।
भेलामा सुदुरपश्चिमको हितका लागि आ आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोग र प्रयासका बिषयमा छलफल गरिने भएको छ । बिकासको प्रचुर संम्भावनाका बोकेको क्षेत्र हुदा हुदै पनि देशका अन्य क्षेत्र भन्दा पछाडि परेको सुदुरपश्चिमको बिकास र उत्थानका लागि प्रवासी सुदुरपश्चिमेलीहरुले खेल्न सक्ने भुमिका, बैदेशिक रोजगार र बिकल्प लगायतका बिभिन्न बिषयक कार्यपत्रहरु समेत भेलामा प्रस्तुत गरिने भएका छन । यस्तै सुदुरपश्चिमका बिभिन्न कला संस्कृति बिभिन्न नाचहरु समेत भेलामा प्रस्तुत गरिनेछन ।
दुई चरणमा सम्पन्न हुने भेलाको पहिलो चरणमा राज्य र सुदुरपश्चिमका सरोकारवालाहरुको सहभागिता रहनेछ भने दोस्रो चरणमा अन्तराष्टिय नेपाली सुदुरपश्चिमेली समाजको नयाँ कार्र्यसमिति र सुदुरपश्चिम घोषणा पत्र जारी गर्दै भेला समापन हुनेछ । करिब एक वर्ष अगाडि समाजिक संजाल मार्फत सुदुरपश्चिमको हितका लागि स्थापनार्थ समाजमा बिश्वका करिब ४० भन्दा बढि राष्टमा रहेका ४ सय बढि सुदुरपश्चिमेलीहरु युवाहरुको आबद्धता रहेको छ । भेलाको तयारी अन्तिम चरणमा पुगेको समाजका संयोजक भरत नेगीले बताउनुभयो ।
उहाका अनुसार समाजले सुदुरपश्चिममा कार्यरत बिभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्था संग मिलेर सुदुरपश्चिमको हितका लागि काम गर्नेछ । जसका लागि बिश्वका हरेक राष्टमा सुदुरपश्चिमेली नेपाली समाजको उपसमिति गठन गरिनुका साथै सुदुरपश्चिममा समेत चाडै कार्यालय स्थापना गरिने भएको छ ।
सुदुरपश्चिमको ईतिहासमा पहिलो पटक हुन लागेको प्रवासी सुदुरपश्चिमेली युवाहरुको भेलालाई भव्य रुपमा सम्पन्न गर्न समाजले सबैमा अनुरोध समेत गरेको छ ।