गत हप्ता देखी परेको पानी तराईका ३० जिल्लालाई प्रभाव पारेको छ भने सप्तरी लगायतका जिल्लाहरुमा गरेर १०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन । गत दुई वर्ष अगाडि गएको महाँ भुकम्पमा सरकारी लाचारिता यस पटक जोगाउन सरकारले कडाईका साथ एकद्वार प्रणाली लागु गरेपछि राहत वितरणमा सघं सस्थाँ वा व्यक्तिलाई प्रतिबन्ध लागेका हो । सरकारले आफु राहत वितरण लगाएत आपतकालिन उद्धारमा सफल भएको बताए पनि जनताले उदार त परै जावस् राहत पनि सम्पूर्ण बाढी पिडितहरुले पाएका छैन्न । तर सरकार कसैलाई पनि राहत वितरणको गैर आवासीय नेपाली संघले करीब एक हप्ता पछि सत्र अगस्तका दिन सप्तरी जिल्लामा मात्र राहत वितरण गर्ने अनुमति हो । सोको भोली पल्टै अध्यक्ष डा. घलेको नेतृत्वमा राजेन्द्र भट्ट, श्याम तामाङ्ग, धर्मराज गीरी , राजेश राणाको टोली आन्तरीक विमान स्थलबाट हेलिकप्टरमा राजविराज पुगी राहतको आवश्यकता सामाग्रीको पहीचान गर्नका लागी जिल्ला प्रसाशन कार्यालयका प्रमुख लगायत स्वाथ्य चौकीको लागी आवश्यक पर्ने औषधी, विशेषज्ञको बारेमा एकिन तथ्याङ्क तयार पारि फर्केको छ । आगामी हप्ता मंगलबार देखी राहत सामाग्री र स्वास्थ्य चौकी संचालनमा आउने छ । चार हजार बाढी पिडित परिवारहरुलाई छ हजार रुपैया बराबरको खाध्यन्न, टेण्ट वितरण गर्ने अध्यक्ष डा. घलेले बताए । यो हामी प्रारम्भिक अध्यनका लागी आएका हौ । ताकी हामीले दिने राहत अर्थ हिन नहोस् । जुन चिजको आवश्यकता छ त्यही दिन पाइयोस् भनेर यो बिग्रेको मौसममा पनि रिक्स लिई आएको बताए ।
त्यसतै जिल्ला प्रमुख भगीरथ पाण्डेले बताए — एनआरएनएले वितरण गर्ने राहत वास्तविक पिडितहरुकोमा हामी पु–याउन मद्दत गर्ने छौ । यो राहत राहत मात्र नभई पिडितहरुको लागी एउटा सहयोग बनोस् ।
https://youtu.be/iVqjkySBU9g
नेपालको तराई भु–भाग विशेष गरेर कोशी नदी वरपरका बस्ती गाँउहरुलाई असर गरेको बाढी पिडितहरुलाई दुई वर्ष पूर्व गएको महाभुकम्पमा जस्तै राहत वितरण गर्न अध्यक्ष डा. घले र उनकी श्रीमती जमुना गुरुङ्गबाट एक करोड सहयोग गरेर शुरु गरीएको सहयोगको लक्ष दुई करोड थियो । हाल सम्म दुई करोड भन्दा बढीको वचनबद्धता आई सकेको छ । करीब पचास जना स्वयम सेवकले चार दिन राहत वितरण गर्ने छन भने दुई हप्ता भन्दा बढी स्वास्थ्य विशेषज्ञहरुले स्वास्थ्य सिविर संचालन गर्ने छन । यसका लागी जिल्ला प्रसाशन कार्यालय राजविराजले सहकार्य गर्ने छन भने नेपाल प्रहरी र नेपाली सेनाले पनि सघाउने छ । यस राहत वितरणमा सहभागी हुन केन्द्रिय उपाध्यक्ष भवन भट्ट, अमेरिकाज् संयोजक सोनाम लामा केन्द्रिय सल्लाहकार त्रिलोक यम गुरुङ्ग, राजेन्द्र भट्ट लगायत एनआरएनहरु नेपाल आएका छन भने आईसीसी सदस्य जमुना गुरुङ्ग पनि नेपाल आई पुगेकी छिन । अध्यक्ष घले बाढीले तराइ डुबानमा परेको खबर पाउने बितिकै गत हप्ता नै नेपाल आएका हुन । नेपाल सरकारको एक हजार प्रणालीले गर्दा एनआरएनएले राहत वितरण गर्न पाएको थिएन । केहि दिनको प्रयास पछि सत्र अगस्तको दिन सप्तरीमा मात्र राहत वितरण गर्न पाउने अनुमती दिएको हो । त्यो पनि जिल्ला प्रमुखको मातहतमा रहेर राहत वितरण लगायत स्वास्थ्य चौकी संचालन गर्नृ पर्ने छ ।