मधेस डुब्दा मिस नेपाल निकिता मौन

काठमाडौं । मिस नेपालको उपाधी पाएकी निकिता चन्दकले सामाजिक काममा आफ्नो उपस्थिति देखाएकी छैनन् ।

मधेसको अनुहार मिस नेपालको ताज पहिरिन सफल भएको भन्दै ‘जयगान’ पाएकी चन्दक भारतीय नागरिक भएको भन्ने विवादमा पनि तानिएकी थिइन् । तर, उनी नेपालकी छोरी, मधेसकी छोरी भएको भन्दै रक्षात्मक टिप्पणी सामाजिक सञ्जालमा आएका थिए । यद्यपि, बाढिपहिरोको यत्रो समस्याकाबीच निकिता राहत वितरण वा सहानुभुति देखाउन समेत कहिँकतै देखिएकी छैनन् ।

यो क्रममा उनी मिडियाभन्दा केही पर समेत रहेकी छिन् । उता पीडाको पोखरी चलिरहेका बेला भने हिराको पसलको उद्घाटनमा व्यस्त रहेको तस्बिर सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा सहानुभुतिका शव्द समेत नकोरेकी निकिता यतिवेला मिस वल्र्डको तयारीमा छिन् । तर, यो तयारीको हतारोकाबीच उनले आरबी डाइमन्ड पसलको उद्घाटन गरेको तस्बिर सार्वजनिक भएको छ ।
मिस नेपाल प्रतियोगिताका बेला समाजसेवाको ठूलो तर्क गरेका मिस नेपालका कोही पनि सहभागीले सामाजिक काममा आफ्नो उपस्थिति देखाएनन् । कलाकारहरूको प्रत्यक्ष र परोक्ष सहभागीता हुँदा सहानुभुतिका शव्द समेत नकोरेका मिस नेपालका स्पर्धीहरू भने इलिट वर्गका पसल, पार्लर र बुटिक उद्घाटनमा व्यस्त देखिए ।

‘प्रतियोगितालाई हाजिरी जवाफका रूपमा मात्र लिने इलिटहरूको प्रतियोगितामा सहभागी भएकाहरूले मुलुकको विपत्तिमा ध्यान नदिनुले खासै अर्थ राख्दैन । तर, एउटा पहिचान देशबाट पाएपछि त्यसको रक्षा गर्नका लागि सहानुभूति देखाउनुपर्ने हो ।’, सर्वसाधारणहरू भन्छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार