सप्तरी । मधेशी एसोसिएसन इन अमेरिका (मा) ले सप्तरीको बाढी पिडितहरुलाई राहत वितरण गरेका छन् । माले २ लाख बराबरको राहत सामग्री वितरण गरेका छन् । सप्तरीको हनुमानगर कंकालनी नगरपालिका अन्तर्गत पर्ने बनरझुल्ला टोलका २ सय जना बाढी पिडितहरुलाई खानेकुरा लगायतको सामग्री वितरण गरेका थिए । मधेशी एसोसिएसन इन अमेरिका (मा) का नेपाल संयोजक पत्रकार अनन्त अनुरागको टोलीले स्थानीय प्रहरी प्रशासनको सहयोगमा राहत वितरण गरेका थिए । चामल ५ केसी, च्यूरा भुजा ३ केसी, दाल १ केसी, नुन १ केजी, खाने तेल १ लिटर, त्रिपाल, पानी राख्ने पलास्टिकको बाल्टीन, पानी सफा गर्ने पियुस प्रत्येक परिवारलाई वितरण गरेका थिए ।
सप्तरी जिल्लाका जिल्ला प्रशासन अधिकृत भागिरथ पाण्डेले मधेशी एसोसिएसन इन अमेरिका (मा) ले धु्रत गतीमा बाढी पिडितलाई राहत उपलब्ध गराएको भन्दै मधेशी एसोसिएसन इन अमेरिका (मा) को मानवता र सामाजिक प्रयासको प्रसंसा गर्नु भयो ।
अमेरिका बसोवास गर्ने मधेशी समुदायको छाता संगठन मधेशी एसोसिएसन इन अमेरिका (मा) विगतमा पनि तराई मधेशमा बाढी पिडित, आगलागी लगायतको पिडितहरुलाई सहयोग गर्दै आएको छ ।