काठमाडौं । बाढिपहिरो तथा डुवानपछि राहात, उद्धार र पुर्नस्थापनामा भएका प्रयासबारे सरकारले व्यवस्थापिका संसद बैठकलाई जानकारी गराएको छ । गृहमन्त्री जनार्दन शर्माले विषेश समय लिएर सरकारले गरेका कामकारवाहीबारे सदनलाई जानकारी गराएका हुन् ।
गृहमन्त्रीका अनुसार अहिलेसम्म १ सय १५ जनाको ज्यान गएको पुष्टि भएको छ भने बाढी पहिरोमा ३८ जना बेपत्ता भएका छन् । उनले सिमित श्रोत साधनका बाबजुद सरकारले राहत र उद्धारमा कुनै कमि नल्याएको बताए ।
बाढी पहिरोका कारण २ हजार ८ सय ४७ घर पूर्ण रुपमा क्षति भएको र ३ हजार ७ सय २७ वटा संरचनामा क्षति भएको छ । बाढी पहिरो पीडितको राहत तथा उद्दारमा सुरक्षाकर्मीसहित झण्डै २७ हजार जनशक्ति खटिएका छन् ।