डा .गोविन्द के.सी. एक अर्थोपेडीक सर्जन तथा समाजसेवी हुन् । उनी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवम् सर्जन हुन् । उनले नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध गर्दै विभिन्न पटक अनसन बस्दै आएका छन् । उनी नेपालको स्वास्थ्य क्षेत्रको स्वाधिन कार्यसम्पादनको माग राख्दछन् ।
चिकित्सा शिक्षा विधेयक आफूले भनेजस्तै गरी पारित गरिनुपर्ने माग राख्दै डा. गोविन्द केसीले ११ औं अनशन गरिरहँदा नेपालमा पनि प्रश्न उठाउन खोजिँदैछः कसैले अनशन बस्दैमा राज्यले कानून फेर्नु कत्तिको जायज हुन्छ ? चिकित्सा शिक्षा सुधारको माग राख्दै त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसी आवरण अनशनमा छन् । विगत ५ वर्षदेखि पटक-पटक अनशन बस्दै आएका डा. केसीको यो ११ औं अनशन हो । ११ औं अनशनमा आइपुग्दासम्म डा. केसीले चिकित्सा शिक्षा सुधार तथा चिकित्सा शिक्षा विधयेक पारित गरिनु पर्ने विषयलाई प्रमुख एजेण्डा बनाएका छन् । जसरी अन्ना हजारेले लोकपाल विधेयकको माग गरेर सडक तताएका थिए ।
साउन ९ गतेदेखि आमरण अनसनमा बसेका डा. केसीको पहिलो माग छ-माथेमा प्रतिवेदन अनुरुप हामीले दिएको सुझावसहित शिकित्सा शिक्षा ऐन पारित गरियोस् ।’
संसदीय समितिले १० गते डा. केसीसँगै छलफल राखेको थियो । तर, केसी ९ गते नै अनसन बसे र, विधेयकमा उनले चाहेको संशोधन समिति सदस्यहरुले सुन्न पाएनन् ।
उसो भए डा. केसीले चाहेको संशोधन के हो ? अहिले समितिमा परेको कुनै संशोधनले उनको माग सम्बोधन गर्छ ?
यो प्रक्रियामा संलग्न एक सांसद भन्छन्, ‘धेरै संशोधन मेडिकल वालाहरुको हो । तर, सांसद मिना पुनले हालेको संशोधन डा. केसीको तर्फबाट हालिएको संशोधन हो भनिन्छ ।’
राजनैतिक खिचातानी र दाउपेचका बीच घेरिन पुगेका डा. केसी पछिल्लो समय राजनैतिक मोहरा बन्दै गएको उनका निकटतम बताउँछन् । जबकि उनी आफैं भने स्वच्छ छविका व्यक्ति हुन् ।
डा. केसीलाई चिन्नेहरुका अनुसार ६१ वर्षीय अविवाहित उनमा कुनै लोभलालच छैन । उनको मूल उद्देश्य पनि चिकित्सा शिक्षामा सुधार होस् भन्ने नै छ । त्यसका लागि उनी विगत ५ वर्षदेखि अनवरत लडिरहेका छन् । तर, लड्ने नाममा अनशन बसेर बालहठ गर्नु कत्तिको जायज हो ? यस्तो प्रश्न पनि कतिपयले उठाउने गरेका छन् ।
तर, हाम्रोजस्तो लोकतन्त्रिक व्यवस्था भएको मुलुुकमा अनशन बस्न पाउनु सबैको अधिकार पनि हो । मानिसले आफ्नो माग राख्ने क्रममा सुनुवाई नभएको अवस्थामा विभिन्न पद्दति अपनाउन सक्छन् । त्यसमध्ये डा. गोविन्द केसीले अनशनको बाटो अपनाए ।
लोकतन्त्रमा आफ्ना माग पूरा गर्ने थुप्रै तरिका छन् । कसैले नेपाल बन्द र हडताल गर्छन् । कसैले जुलुस निकाल्छन् । कसैले हिंसात्मक बाटोसमेत लिन्छन् । आन्दोलनका यी विभिन्न तरिकामध्ये अनशन एक हो ।
लोकतान्त्रिक कार्य प्रणालीमा कुनै पनि कुराको निश्चित प्रकृया हुन्छ । त्यो प्रकृया पूरा गर्न आवश्यक पनि छ । आवश्यक प्रकृयाविना नै आफूले चाहेजस्तो स्वरुपमा आफ्ना माग सम्बोधन हुनुपर्छ भन्नुचाँहि एकप्रकारको बालहठ नै हो । जसरी एउटा बालकले चकलेट खान नपाउँदा भोकै बसेर विरोध गर्छ, डा. केसीले पनि अहिले त्यही शैली अपनाएका छन् । फरक यति हो, बालक अवोध हुन्छ, डा. केसी पढेलेखेका ज्ञानी हुन् । उनलाई लोकतान्त्रिक प्रकृयाबारे राम्रो जानकारी छ ।
आन्दोलनमा बन्द, हडताल वा हिंसात्मक उपाय भन्दा सत्याग्रह र अनशनलाई उपयुक्त बाटो मान्ने गरिन्छ । यद्यपि अनशन नै सबैथोक अवश्य हैन । कैयाैं मागहरु अनशनविना पनि पूरा हुन सक्छन् । यस्तो अवस्थामा खाँदै नखाएर, आफैंलाई दुःख दिएर अनशन बस्नुु कत्तिसम्म जायज हो ?
डा. के सी आफैमा स्वोच्छ छबि भएका व्यक्ति हुन् ,उनको माग जायज होलान तर मोनमोहन अस्पतालबाट बिरामीको किड्नी हराउदा चुँ सम्म नबोल्ने डा. के.सी सरकार परिबर्तन हुन साथ अनसन बसिहाल्नु कहीं कतै राजनीतिक अल्झन मा त होइनन के.सी.?