एक युगमा गोबिन्दहरु,एकपटक जन्मिन्छन !

  फुर्बान रायमाझी

एक युगमा गोबिन्दहरु,एकपटक जन्मिन्छन।

त्यही युगमा भ्रष्ट्राचारी,निर्दोष भै उम्किन्छन।

 

कस्तो देशमा जन्मे भन्दै बिलौना गर्छौ हामी,

लुट्नेहरुले देश नै लुटे,बाँकी अझै झम्टिन्छन।

 

मान्छेको मृत्यु पनि कति सस्तो भयो देशमा

महँगा भए यी अस्पताल,बरु मर्छु भन्दिन्छन।

 

आउ गोबिन्द हामी जनताको,दिन जितेर आउ

अब तिमी हार्‍यौ भने,लुट्नेहरु झन मच्चिन्छन।

 

यसपाली जित्नैपर्छ,जनताको जित हुन्छ हेर,

तिम्ले जित्दा,जनता हाँस्दा,भ्रष्ट भोकै तड्पिन्छन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार