काठमाडौं– २० दिनयता अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।
डा. केसीको स्वास्थ्य अत्यन्तै नाजुक बन्दै गएपछि त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ । चिकित्सकहरुले आइसियूमा लैजान खोजे पनि डा. केसीले भने अस्वीकार गरेका छन्।
डा. केसीलाई छाती दुखाइको समस्या हुनुका साथै रगतमा अक्सिजनको मात्र अत्यन्तै न्यून देखिएको छ । छातीको पीडाले डा. केसीको श्वासप्रश्वास पनि असहज हुँदै गएको छ।
रगतमा घटिरहेको इलेक्ट्रोलाइटका कारण मुटु अचानक बन्द हुने जोखिम रहेको डा. केसीका सहयोगी एमबिबिएस अध्ययनरत विशद दाहालले बताए।