विवेकशील साझाको प्रदेश ७ को संयोजकमा गोपाल हमाल : माटोको टिका लगाई सपथ ग्रहण

विवेकशील साझा पार्टीको प्रदेश नम्वर ७ को संयोजकमा गोपाल हमाल चयन भएका छन्। स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिकामा स्वतन्त्रबाट मेयरमा लडेका हमाल सुन्दर सुदूरपश्चिमका अभियन्ता पनि हुन्।

विवेकशिल साझा पार्टीका नेता रविन्द्र मिश्र , उज्वल थापा , सुर्य आचार्य लगायतका नेताहरुले धनगढीबाट माटोको टिका लगाएर नेपाली राजनितिमा नौलो संस्कारको सुरुआत गरेका छन ।

मिश्रले भने , ‘प्रदेश ७ को संयोजक फूल, माला र अबिर होइन, प्रदेश नम्बर सातको माटोको टिका लगाएर आज धनगढीमा सो प्रदेशको बृहत भेलाबाट ‘सुन्दर सुदूर पश्चिम’का परिकल्पनाकार, समाजसेवी तथा विकास र संवृद्धिका अभियानकर्ता गोपाल हमाल (फोटोमा देब्रे) लाई विवेकशील साझा पार्टीले प्रदेश सातको संयोजक चयन गरेको छ। ‘

उनले यसलाई राम्रो कुराको सुरुआत भएको र विवेकशील साझा पार्टी एकमात्र दल जसले हाम्रै कालमा सम्रिद्धि ल्याउनेमा विश्वस्त रहेको दाबी गरेका छन ।

उनले सहजताकासाथ जवाफ दिदै भने , ‘हामी नेपालभित्र जहाँ जान्छौं त्यही ठाउंको माटोको टिका लगाएर कार्यक्रम शुरु गर्ने संस्कार बसाल्न चाहान्छौं। देशको माटोप्रतिको हाम्रो आस्था र प्रतिवद्धता सदा अटल रहने छ।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार