वल्लो गल्लिबाट पल्लो गल्लितिर
वल्लो सडकबाट पल्लो सडक सम्म
हिजो गाउँको झोलुंगे पुल
आज सडकमा आकासे पुल
अनगिन्ति छन् अनौठा छन्
हो, सजिलै आवत जावत गर्छन
मान्छेहरू आजकल त्यैबाट
हो, सहजै ओसार पसार हुन्छ
तस्कर देखि लावा-लस्कर त्यैबाट
साधु सन्त हत्यारा बलात्कारी
जन्ति देखि मलामीसम्म जम्मै
नहर र पानी बेचिएका छन
छाल यतै फर्किन्छन
श्रम र जवानी बेचिएका छन
रोग यतै फर्किन्छन
राजनीति र नेता बेचिएका छन
कार्यकर्ता देश लुटाएर फर्कन्छन
मस्त निदाएको छ आकासे पुल
देशले गतिलो मुहार फेरेको हुनु पर्छ
ठेकेदारहरूले रंगाएको पैसाले
हरियो रूख चिर्पट बनाएर
चटक गरेका छन् भन्छन् बा’ले
मन चिरपटमा च्यापिएका रैछन्
खै, कुन बाहुन कुन कामी
खै, कुन दमै कुन लिलामी
खै, कुन नेता कुन किसानी
खै, कुन स्वस्थ कुन बिरामी
लस्करको बुँई चडाउँछ आकेशे पुल
हो, जोडेको छ वारी पारी किनारा
हो, जोडेको छ सडकका गाह्रा
हो, जोडेको छ कथित गाउँ
हो, जोडेको छ आकाससित तलाउ
तर, के जोडिएको छ मानविय सम्बेदना ??
के जोडिएको छ जातिए भिन्नता
के जोडिएको छ पेसागत भिन्नता
के जोडिएको छ धनि गरिबीको रेखा
के जोडिएको छ आत्मिएता
के जोडिएको छ त मुल्य मान्यता
साँच्चै कति सहज बन्यो
सडक पार गर्न नदि नाला तर्न
पहाड पाखा छिचोल्न
तर रूढिबादी त दुई किनारै रहे
भ्रटाचार र बिकास दुई किनारै रहे
गरिब गरिबै रहे धनि धनिनै
किसान किसानै रह्यो हलि हलि नै
नेता नेता नै भयो दलला दलालै
गाउँको पाखे अरे सहरको सहरिया
काठमाण्डौको नेपाली तराईको भैया??
जोडेन धार्मिक बिभेदको पर्खाल
जोडेन जातीय बिभेदको पर्खाल
जोडेन गरिब र धनीको पर्खाल
जोडेन राजनीतिको राष्ट्र जिम्बेवारी
जोडेन कर्णाली र काठमाण्डौ
पुल बन्यो तर रह्यो पर्खाल पर्खालै
के जोड्यो त आकासे पुलले?
नैतिकताको बिभेद जोडोस त पुल
न्याय र न्यायलय जोडोस त पुल
बिकास र राजनीति जोडोस त पुल
किन सडकका चोक मात्र जोड्छस्
सक्छस् भने ल नेपाली-नेपाली जोडोस त पुल
यौटाको लास लडेको छ पुलमाथि
सयौ पाईला घसार्दै हिड्छन त्यै फूलमाथि
के थियो धनि गरिब नेता असल खराव
मानवताले पनि दिएन कसैलाई दवाव
ऊ मरिरह्यो पुल मान्छे ओसारिरह्यो
तिमीलाई के थाहा यै पुलको ब्यथा
आज बेस्सरी मच्चिएको छ यता
बिमानस्थल डुवेको छ
गाउँ डुबेको छ सहर डुबेको छ
कसैको ज्यान डुबेको छ
नेपाल डुबेको छ
के गर्दैछ सहरमा आकासे पुल?