लिस्बोन। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका एकजना दलित युवा सुकु बिक दुबै मृगौला फेल भइ जिवनमरणको दोसाँधमा पुगेको बेला उनका बुबा भद्र बहादुर बिकले आफ्नो मृगौला दिन खोज्दा पनि उपचार लागी चाहिने न्युनतम रकम नहुदा उनलाइ दिनप्रतिदिन कठिन हुँदै गएको उनका आफन्तले बताए ।
उनकै सहयोगार्थ पोर्तुगलमा नयाँ शक्ति पार्टीका संयोजक तथा समाजसेवी धनाराज शेर्पाको पहल र अगुवाइमा संकलन गरिएको ७१० युरो नेपाली लगभग बयासी हजार बढी सहयोग एकहप्ता भित्र उठाइ पठाएका छन् । सहयोगदाता सबैलाई पीडित परिवारको तर्फबाट धेरै धन्यवाद दिइएको समेत जनाइएको छ ।