पोर्तुगलमा पशुपतिनाथ मन्दीर निर्माणको लागि शिव पुजा तथा श्रीकृष्ण जन्मोत्सव हुने भएको छ। नेपालीहरुको ठुलो जनसंख्या हुदा पनि आफ्नो चाडपर्व मनाउन होस् वा कुनै शुभ कार्य गर्न कुनै उचित स्थान नभएकोले पशुपतिनाथ मन्दीर निर्माणको आवस्यकता रहेको अभियन्ता शम्भु सिलवाल बताउछन।
नेपालीहरुको नया पुस्ताले नेपाली भाषा र संस्कृतिहरु भुल्दै गएकोले नेपाली समुदाय चिन्तित भएको र नेपालीहरुको लागि एउटा भाषा तथा संस्कृतिक केन्द्रको टड्कारो आवस्यकता परेको छ। यी सबै कुराहरुलाई ध्यानमा राख्दै नेपालको चिनारीका रुपमा रहेका भगवान श्री पशुपति नाथको मन्दिर निर्माण गरी संस्कार र संस्कृतिको जगेर्ना गर्दै युरोपमा रहेका नेपाली र अन्य समुदायलाई समेत समेट्ने उद्धेश्यका साथ श्रीकृष्ण जन्मास्टमी तथा श्रावणको अन्तिम सोमबारको अवसर पारेर “श्री पशुपति नाथ मन्दिर निर्माण अारम्भ पुजा ,श्रीकृष्ण जन्मोत्सव तथा भजन संध्या को आयोजना गरीने भएको छ।
सो कार्यक्रमा उपस्थित भई यस्तो पवित्र कार्य सफल बनाइदिनहुन पोर्चुगल तथा सम्पुर्ण युरोप बासी नेपाली हरुलाई आयोजक समीतीले अनुरोध गरेको छ। (कार्यक्रमको बिस्तृत बिवरण माथि फोटोमा )