टेक्सस(अमेरिका)- यही अगष्ट ११ र १२ मा हुने भनिएको एनआररएन अमेरिकाको निर्वाचन अन्तत रोकिने भएको छ ।
अध्यक्षका एक जना बलीया प्रत्याशी गौरी जोशीको उम्मेदवारीका विषयलाई लिएर विवादमा पर्दै आएको एनआरएन अमेरिकाको निर्वाचन रोक्न टेनीसी अदालतले आज अन्तरिम आदेश जारी गरेको खबर प्राप्त भएको छ ।
एनआरएन अमेरिकाको विधान र एनआरएन अन्तर्राष्टिय समन्वय परिषदको विधान दुवैको मापदण्ड पुरागरी अध्यक्षमा उम्मेदवारी दिएको भए पनि निर्वाचन समितिले जोशीको उम्मेदवारीलाइ मान्यता नदिएपछि जोशी समूहले अदालतमा मुद्दा दायर गरेरको र त्यसको सुनुवाइ गर्दै अदालतले आजै निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको सम्बद्ध स्रोतले जनाएको छ ।
यस सम्बन्धमा थप जानकारीको लागि गौशी जोशीसँग सम्पर्क गर्दा उनले आफुलेपनि यसबारे सुनेको तर विस्तृत विवरण प्राप्त भैनसकेको बताए । विस्तृत विवरण पछि प्रकाशित गरिनेछ ।
हिमालयखबर डट कममा खबर छ।