हेर्दा हेर्दै लुटिएका र ठगिएका गैर आवाशीय नेपालीहरुको भावना सहिद हुँदै गरेको यो दृश्य

  पुरुषोत्तम ढकाल

हुँदै नभएको सल्लाहकार थिए भनेर शेष घलेलाई विधान र प्रक्रिया मिचेर गैर आवाशीय नेपाली संघ, (एनआरएनए) को अध्यक्ष उम्मेदवार बनाउने र निर्वाचित गराउने तत्कालिन अध्यक्ष एवं वर्तमान संरक्षक जीबा लामिछाने गलत बाटोमा हिंडे जसका कारण गैर आवाशीय नेपाली अभियान समाप्तिको बाटोमा भनेर समाचार, सम्पादकीय र व्यक्तिगत संवादमा समेत निरन्तर भनिरहँदा संस्थापक अध्यक्ष बाहेक कसैले मेरो कुरा सुन्न चाहेन तर घले अध्यक्ष निर्वाचित भएको तीन महिना नवित्दै स्वयं जीवा लामिछाने आफुले विधि, विधान मिचेर गरेको गल्तीले नेतृत्वमा स्थापित अध्यक्ष घलेकै कारण गैर आवाशीय नेपाली अभियान विभाजनको बाटोमा अघि बढिरहेको आफ्नो महाभूल स्विकार्ने अवस्थामा पुगे ।

 

दोस्रो कार्यकाल सुरु नहुँदै मेघा प्रोजेक्ट भनेर अध्यक्ष घलेले सुरु गरेको संघको केन्द्रिय कार्यालय भवन निर्माणको लागि खरिद गरिएको जग्गा सार्वजनिक जग्गा भएकोले यतिबेला महानगरपालिकाले उक्त भवन निर्माण प्रक्रिया रोकिदिएको छ र यस अघिनै उक्त सार्वजनिक जग्गाको विषयमा अख्तियारमा परेको उजुरी माथी समेत छानविन सुरु हुनुले संघको नेतृत्व कुन बाटोमा हिंडी रहेकोछ दाता गैर आवाशीय नेपालीहरुले बुझ्न चाहेनन् । उता गोरखामा निर्माण सुरु गरिएको ६०० घर निर्माण प्रक्रिया अवरुद्ध बन्दै छ र निर्माण सम्पन्न भैहालेमा निर्माण गरिएको घरमा बस्ने मान्छेको अभाव र खर्चिलो निर्माण प्रक्रियाका कारण सुरुवाती चरणमै निल्नु न ओकल्नु बनेको छ यो परियोजना अध्यक्ष घलेका लागि र यतिबेला संसारभरिका गैर आवाशीय नेपाली अभियानका दाताहरुलाई धुर्मुश सुन्तलीको कर्मले गिज्याइ रहेको छ ।

आफुलाई हिमाली टाइगर भन्न रुचाउने छेवांग शेर्पा लामाले डेलिगेट्स प्रथामा चलाएको एनआरएनएलाई निर्वाचनमा लाने काममा ततकालिन अध्यक्ष जीबा लामिछानेको अथक प्रयत्न रहयो तर निर्वाचित अध्यक्ष खगेन्द्र जिसीले अध्यक्ष घले, तत्कालिन क्षेत्रीय उपसंयोजक सोनाम लामा र अमेरिका अध्यक्ष केशव पौडेलले उपाध्यक्ष जिताइदिने प्रलोभनमा परेर कालिमाटी तरकारी बजारका ४० जनालाई समेत संघको काठमाडौँ सम्मेलनमा अमेरिकाको प्रतिनिधि बनाउन राजी हुँदा मौन बसेका जिसीले अमेरिकाबाट ६९ भोट आएपछि मात्र चाल पाए छल गर्यो मायाँले ।

हेक्का रहोस केन्द्रको नेतृत्वको लागि अध्यक्ष घले विधानत तेस्रो कार्यकाल उठ्न पाउंदैनन र संघका उपाध्यक्ष भवन भट्टलाई मेरो उम्मेदवार भनिदिएका छन् र घलेको मनोमालिन्यको साक्षी किनारा फड्के बसिरहेका छन् भागेर, बैठकमा उपस्थित नभएर र मन नमाने पनि मौनतामा तर जमुना घलेको नेतृत्व उनको मान मर्दन गर्ने काम भैरहेको छ जसको पछिल्लो उदाहरण अमेरिकामा गत वर्ष सम्पन्न क्षेत्रीय सम्मेलनमा घले पत्नी जमुनाले उपाध्यक्ष भट्टले जापानमा भुकम्प परियोजनामा उठाएको रकम हिना मिना गरेको सार्वजनिक आरोप लगाएको थिइन् यसको सहज अर्थ हो अध्यक्ष घलेले भट्टबाट तर्किने दिन सेप्टेम्बर महिनाको कुनै दिन निकट छ त्यस दिन पछि भट्टलाई लोभीको धन पापीले खायो भन्नु बाहेक यो अभियानमा टीबी कार्कीको बाटो रोजेर जमुना भाउजु मलाई सल्लाहाकार राख्दिनु भने दिन आउनेछ ।

गौरी जोशीको अध्यक्ष उम्मेदवारी निर्वाचन आयोग मार्फत बदर गराउन सफल क्षेत्रीय संयोजक सोनाम लामाले विधि विधान मिचेरै भएपनि बंदिता शर्मा मार्फत आफ्नो विजय शुनिश्चित गरेरै छाडे । आफु नफस्ने गरी, कुनै हालतमा एनआरएनए अमेरिकाको निर्वाचन नहोस र आफुले क्षेत्रीय संयोजकका हैसियतले आउने काठमाडौँ सम्मेलनमा एकतर्फी प्रतिनिधि लगेर उपाध्यक्ष हुने धोको पुरा गर्ने अभियानमा विजय प्राप्त गरेका छन् सोनाम लामाले । निर्वाचन आयुक्त बंदिता शर्माको काम केहि सातामा सकिने छ भने केशव पौडेल संघको अमेरिका निर्वाचन नभएपनि पूर्व अध्यक्षको हैसियतमा काठमाडौँ सम्मेलनमा जान पाउनेछन तर दशैं पछि काठमाडौँ सम्मेलनबाट फर्किदा एसी शेर्पा क्षेत्रीय संयोजक, नबिन सेरचन उपसंयोजक, सोनाम लामा केन्द्रिय उपाध्यक्ष बनाएको ह्याङ्ग अनुसार कहिले गर्ने अमेरिकाको निर्वाचन भनेर सोनामलाई सोध्छन त्यतिबेला न्याउरी मारी पछुतो हुनेछ पौडेललाई, आखिर कलीनहो खगेन्द्र जिसी र गौरी जोशीलाई गरेको अन्तर्घात आजको भोलि निस्किन्छ अर्थात् केशव पौडेलको मनको लड्डु महासचिव बन्ने धोको उदाउदा हुरीले, निर्वाचन नहुँदा पौडेलले कसरि पाउनु अमेरिकाको दोस्रो कार्यकालको अध्यक्ष? सायद यसैलाई भनिन्छ गांठ भी गवाना बेबकुफभी बनना ।

अन्त्यमा मुद्धै मुद्धाले सकिने एनआरएनए अमेरिका एएनएको यस वर्षको सम्मेलन प्रेम राजाको रेस्टुरेन्टमा गर्नु परे जस्तै नियतिमा पुग्ने छ । गैर आवाशीय नेपाली अभियान लोभी र पापिहरुको कारण सकिंदैछ त्यो पनि फुटेर । उपेन्द्र दाई र जीबा दाईलाई भनौकी, नभनौ, कठै कस्तो गलत कर्मको साक्षी बसाउनु भयो मलाई, हेर्दा हेर्दै लुटिएका गैर आवाशीय नेपालीहरुको भावना सहिद हुँदै गरेको यो दृश्य ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार