एनआरएनए यूकेका अध्यक्ष मुछेत्र गुरुङद्वारा आईसीसी कोषाध्यक्षमा उम्मेदवारी घोषणा

             Photo: Milan Tamu

यूके । एनआरएन यूके अध्यक्ष मुछेत्र गुरुङले एनआरएनए आईसीसीको कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

हालै जर्मनीमा सम्पन्न एनआरएनए युरोप क्षेत्रीय सम्मेलनबाट यूके फर्किए लगत्तै गुरुङले उम्मेदवारी दिने घोषणा गरेका हुन् । एनआरएनए आईसीसीको आगामी अक्टोबरमा हुन लागेको विश्व सम्मेलनले आईसीसीको नयाँ नेतृत्व चयन गर्दैछ । एनआरएनए युकेलाई नेतृत्व दिइरहेका गुरुङको सेप्टेम्बरमा कार्यकाल सकिदैछ । बेलायतको अल्डरसट शहरमा ट्राभल व्यवसाय गर्दै आएका गुरुङ ब्रिटिश गोर्खा आर्मीमा १८ वर्ष सेवा पश्चात स्थायी रुपमा बेलायत बसोवास गरिरहेका छन् । अत्यन्त सरल स्वभाव र मिलनसार गुरुङ तमुधिं यूकेको समेत सफल नेतृत्व गरिसकेका छन् ।

निर्वाचन अघि गरेका प्रतिवद्धताहरु पुरा गर्न जोड दिदै आएका गुरुङले बेलायतमा ‘नेपाल हाउस’ को महत्वकांक्षी परियोजना सफल बनाउन दुई पटक च्यारिटी कार्यक्रम गरिसकेका छन् ।

Photo: Milan Tamu

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार