केन्ट । याक्थुङ् चुम्लुङ् हिम, धरानमा तेह्रथुम समाज युकेका प्रतिनिधि मोहन हुक्पा चोङ्बाङ र तेह्रथुम समाज यकेको संयोजनमा सङ्कलन भएको करिब २ लाख रुपैया क्यान्सर पीडित दिला इङ्नाम कन्दङ्वालाई हस्तान्तरण गरिएको छ ।
तेह्रथुम समाज युकेका कोषाध्यक्ष जमिन थाम्देन र सहकोषाध्यक्ष जय मादेम्बालाई रकम संकलनका लागि जिम्मेवारी दिइएको थियो । समाजका अध्यक्ष सूर्य खापुङ्गले पनि सहयोग संकलनमा विशेष भूमिका निर्वाह गरेका थिए ।
बेलायतवासी तेह्रथुमे र अन्य जिलवासीहरू समेत गरी ९० जनाले १ हजार ४ सय ६० पाउण्ड अर्थात करिव दुई लाख नेपाली रुपियाँ संकलन गरेका थिए ।