भरतपुर १९ को मतदान शान्तिपूर्ण – पहिलेभन्दा २७ मत कम खस्यो

चितवन

भरतपुर १९ मा आज भएको पुनः मतदानमा करिव ७६ प्रतिशत मत खसेको छ । भरतपुर १९ मा ३ हजार ७ सय ९७ मतदाता मध्य २ हजार ८ सय ७० मत खसेको हो । पहिलो चरणको निर्वाचनमा भन्दा २७ मत कम खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । पहिलो चरणको निर्वाचनमा भरतपुर १९ मा २ हजार ८ सय ९७ मत खसेको थियो ।

सो वडामा किरणमावि किरणगञ्जमा १ हजार २ सय ४८ मतदाता रहेका थिए भने जीवनज्योति राष्ट्रिय आधारभूत विद्यालय पूर्वगुञ्जानगरमा १ हजार ३ सय ६ र शारदा मावि शारदानगरमा १ हजार २ सय ४३ मतदाता रहेको थिए । विहान सामान्य वर्षा भएपनि मौसम शितल भएपछि रोपाईको चटारो भएपनि उत्साहजनक रुपमा मतदाता मतदान प्रक्रियामा सहभागि भएका छन्।

भरतपुर महानगरको मेयरमा माओवादीकी रेणु दाहाल, एमालेका देवी ज्ञवाली छन् । यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाह र एमालेकी दीव्य शर्मा आचार्य छन् । २० को मतगणना गर्न बाँकीनै छ ।

भरतपुर १९ मा कांग्रेसका कर्णबहादुर गुरुङ, एमालेका प्रकाश तामाङ, माओवादी केन्द्रका खड्कबहादुर गुरुङ वडाध्यक्षका उम्मेद्वार छन् । भरतपुर वडा नं कांग्रेस र माओवादी केन्द्रले वडातहमा समेत तालमेल गरेका थिए।

जेठ १४ गते राति गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वोच्च अदालतले शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि आज निर्वाचन भएको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार