एन आर एन ए पोर्तुगललाई बनाए झोले, पदाधिकारीहरुले आ-आफ्नो गोजीमा संस्था खोले – एउटै संस्था – अलग अलग मिटिंग – दुई फरक बिज्ञप्ती

  सुरेश जोशी " भैरे काका "

गैर आवासीय नेपाली संघ पोर्तुगलको अधिबेसन नजिकिदै गर्दा सधारण सदस्यता बन्ने र बनाउने सरगर्मी निकै चढेको छ अचेल। विभिन्न राजनैतिक दलका भात्री संगठनहरु आफ्नो सक्रिय सदस्य बिस्तारको क्रममा लागेका छन्। यसको साथसाथै एन आर एन ए को सदस्य पनि बन्ने र बनाउने क्रम जारी रहेको छ।

गैर आवासीय नेपाली संघ पोर्तुगलको सधारण सदस्यता बन्ने अन्तिम मिति ३१ जुलाई तोकिएको थियो। करीब २०-२५ हजारको नेपालीको जनसंख्या भएको बगम्फुसे गफ दिने यहाका संघ संस्थाहरुको भनाइलाई अन्दाजी सात सय मात्रै सदस्य बनेको अनुमान गरेको तथ्यांकले गिज्याईरहेको थियो। फलस्वरूप एन आर एन ए को साधारण सदस्य बन्ने समयावधि बढाईनुपर्छ भन्ने जनभावना चारैतिर देखियो तर पनि सदस्य बन्ने अन्तिम दिनको राती ११ बजेसम्म केही पनि नया सूचना आएन।

करीब रातको ११:३० तिर एकै पटक दुई बिज्ञप्ती सार्वजनिक भए। एउटा एन आर एन ए पोर्तुगलको आधिकारिक फेसबुक पेजबाट र अर्को कार्यवाहक अध्यक्ष शम्भु गौतम द्वारा हस्ताक्षरीत। एन आर एन ए पोर्तुगलका अध्यक्ष भिम केसी १० औं गैरआवासीय नेपाली संघ यूरोपियन क्षेत्रीय बैठकमा भाग लिन उपाध्यक्ष शम्भु गौतमलाई कार्यवाहक अध्यक्षको कार्यभार सुम्पेर गएका हुन्। एन आर एन ए युरोप बैठक पश्चात जनसम्पर्क समिति युरोपको भेट्घाट तथा छलफल कार्यक्रममा सक्रिय भएका अध्यक्षले कार्यवाहक अध्यक्ष गौतमसंग छलफल नै नगरी टेली-कन्फ्रेन्स बैठक भयो भनेर सूचना जारी गर्नुले यो संस्था दिनानुदिन व्यक्तिगत मनोमानी र झोले संस्थाको रुपमा बिकसित भएको छ। कार्यवाहक अध्यक्ष गौतमलाई जानकारी नदिनु र पदभार फिर्ता नै नलगी जबरजस्त सुचना जारी गर्नु अध्यक्ष केसीको मनोमानी र ज्यादतीको पराकाष्टा हो। संस्थालाई व्यक्तिको इछ्या र झोले बनाईनु लोकतन्त्रमा निन्दनीय छ।

 

अर्कोतिर एन आर एन ए को विधानको आचार संहितालाई बारम्बार लात मार्दै जनसम्पर्क समितिको सक्रिय राजनीतिमा देखापर्ने अध्यक्ष केसी राजनैतिक पहुचका आधारमा पाएको आफ्नो पदको नुनको सोझो गर्न खप्पिस छन् र आफ्नो कार्यकालभर लागि नै रहे। कयौ राम्रा कामको वावजुद सधै स्क्यान्डलमा आउने केसी आफ्ना नजिकका कार्यसमितिका सदस्यहरुले जस्तोसुकै गलत काम गर्दा पनि सधै बचाऊ गर्नमा नै तल्लिन भए। विवादै विवादमा मुछिएका संस्थाका प्रवक्ता हेमराज सुबेदीको बचाऊ गर्दै अध्यक्ष केसीले राजीनामा गर्न लगाएको चार चार महिना बितिसक्दा पनि त्यस उपर केही कारवाही गरेनन्। संस्थागत बिषयका बहसमा बिमत्ति राख्नेलाई संस्थाको आधिकारिक पेजबाट ब्लक गर्नु यिनको नियति नै बनिसकेको छ । सामाजिक बहसको बिषयमा आलोचना सुन्न नसक्नेले आफुलाई सामाजिक अभियन्ता देखाउनु आफैमा लज्जास्पद छ। अर्का उपाध्यक्ष सुनिल संगम यतिबेला आबुफ़ेइरा अल्गार्व क्षेत्रमा जनसम्पर्क समितिको सदस्य र शाखा बिस्तारमा ब्यस्त छन्।

कार्यवाहक अध्यक्ष शम्भु गौतम सहित कार्यसमितिका ५ जना र २ जना सल्लाहकार र विभिन्न संस्थाहरुका प्रतिनिधि सहितको एक बैठकले एन आर एन ए पोर्तुअगलको सदस्यता विस्तार कार्यक्रम अगस्ट ८ तारिकसम्म कायम रहने निर्णय गरेको छ। आखिर किन एउटै संस्थाले दुई छुट्टाछुट्टै बिज्ञप्ती निकाले भन्ने प्रश्नमा आफ्नो नाम उल्लेख नगरिदिने शर्तमा एन आर एन ए का एक सदस्य भन्छन – ” यो सरासर अध्यक्ष केसीको मनोमानी र ज्यादती हो। अध्यक्ष केसी आफै बिदामा बह्येको बेला यस्तो निर्णय गर्नु कानुनसम्मत गलत छ। अध्यक्ष केसी सधै जनसम्पर्क समितिप्रति झुकाब भएको र जनसम्पर्कका अधिकांस साथीहरु एन आर एन ए को सदस्य भईसकेको र फारमहरू संकलन भईसकेको तर अन्य राजनैतिक बिचारमा आस्थावान र विभिन्न ठाउमा छरिएर रहेका साथीहरुको एन आर एन ए को सदस्यता फारमहरू अझैँ संकलन हुन बाकि रहेको अवस्थामा र बिधान सम्मत ठिक हुने गरी अगस्ट ८ वा १० तारिकसम्म लम्ब्याईनु नै उचित हुन्छ। ”

 

यस्तै गतिविधिले गर्दा पोर्चुगलको नेपाली समुदायका बिचमा एन आर एन ए बिबादस्पद भई यसका क्रियाकलापहरुको बिश्वशनियतामाथि प्रश्न उठ्नुका साथै यसको शाख गिरेको छ। त्यसकारण एन आर एन ए पोर्तुगललाई सबैको साझा संस्था बनाई नेपाली समुदायको बिश्वाश जित्न संस्थालाई राजनीतिबाट अलग राख्दै एन आर एन आचार संहिताको पालना गर्दै संस्थागत अनुशाशन , पारदर्शिता र जवाफदेहिता आजको टडकारो आवश्यकता हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार