बम फ्याँक्ने प्रहरी हवल्दार पुरस्कृत – सामाजिक सन्जालमा अपमान नगर्न गृहमन्त्रीको आग्रह

काठमाडौं : स्थानीय निर्वाचनका समयमा साहसिक काम गर्ने प्रहरी कर्मचारीलाई महानगरीय प्रहरी आयुक्त कार्यालयले पुरस्कृत गरेको छ । प्रहरी हवल्दारद्वय दुर्गाबहादुर राना र धनप्रसाद कुमाल तथा जवान दलबहादुर आले पुरस्कृत हुनुभएको हो । तीनैजना आयुक्त कार्यालय मातहत कार्यरत हुनुहुन्छ।

हवल्दार रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोक्नुभएको थियो भने कुमाल र आलेले बलम्बुको मतदानमा मतपेटिका फाल्न खोज्नेलाई रोक्नुभएको थियो ।

तीनै जनालाई जनही एक हजार पाँच सय रुपैयाँ प्रदान गरिएको महानगरीय प्रहरी आयुक्त कार्यालयका निमित्त प्रमुख डीआईजी बमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

सामाजिक सन्जालमा अपमान नगर्न गृहमन्त्रीको आग्रह

 गृहमन्त्री जनाद्र्धन शर्माले दुर्गा बहादुर रानाको साहसिक कदमको अपमान नगर्न आग्रह गर्नु भएको छ । गृहमन्त्री शर्माले दुर्गालाई बढुवा वा पुरस्कृत गर्ने चाहना व्यक्त गर्नु भएको छ । ‘नेपाल प्रहरीका हवल्दार श्री दुर्गा बहादुर राना गृह मन्त्रालयमा भेट्न आएको र मैले धन्यबाद दिएको हो । साहसीक कदमको अपमान नगर्न आग्रह गर्दछु’गृहमन्त्री शर्माले भन्नुभएको छ ।
हवल्दार रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोक्नुभएको थियो ।

सोमबार गृहमन्त्रालयमा पुगेका हवल्दार लाई गृहमन्त्री शर्माले उनको बहादुरीको प्रशंसा गर्दै थप राम्रो काम गर्न हौसला दिनुभयो ।

‘तपाईले राम्रो काम गर्नुभयो, थप राम्रो काम गर्दै जानुस उचित मुल्यांकन हुन्छ’ गृहमन्त्री शर्माले भन्नुभयो ।

दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा दाङ, तुल्सिपुर उप–महानगरपालिका वडा नं ३ स्थित आधारभुत विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रमा मतदान केन्द्रलाई लक्षीत गरी फालेको बम तत्कालै टिपेर मतदान स्थल बाहिर फाल्दै हवल्दार रानाले जनधनको क्षती हुनबाट जोगाएका थिए ।

असार १४ गते मतदान कार्य सम्पन्न हुनासाथ गृहमन्त्री शर्माले हवल्दार रानालाई फोन गरेर बधाई दिनुभएको थियो । आजको अन्नपुर्ण पोष्टमा खबर छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार