पोर्तुगलमा नेपालीको पहिलो अत्याधुनिक व्यायामशाला संचालनमा – जुम्बा , योगा, साउना ,मसाजको समेत सुबिधा

लिस्बोन ,पोर्चुगल । नेपालीले पहिलो पटक लिस्बोनमा जिमखाना खोलेर संचालनमा ल्याएका छन् । लिस्बोनस्थित नेपाली बाणिज्यदुत मकर हमालले आजदेखि पुर्ण रूपमा संचालनमा आउने गरि सुभारम्भ गरे । नेपाली लगानीमा मात्र संचालित जिमाखाना पोर्तुगलमा पहिलो भएको संचालक टम रम्तेलले  बताए ।

पम्पिङ आइरन नामको उक्त जिमखाना लिस्बोनको मुटु आन्जुसको रुआ दोस अन्जोस ७१, बि, एंड सी, ११५०-०३५ मा बडी बिल्डिंग, कार्डियो,जुम्बा , योगा, सोना,मासाज, र थेरापिक जस्ता सेवाहरु उपलब्ध रहेको छ । आधुनिक जीममा आबश्यक सबै कुरा र सुबिधा उपलब्ध रहेको संचालकले जनाएका छन् ।

अब लिस्बोनमा नियमित जीम गर्ने नेपाली समुदायका मानिसहरु आफ्नो जीमखानामा आउने संचालकले आशा र बिश्वास राख्दै आह्वान पनि गरेका छन् ।

सो अवसरमा पोर्तुगिस स्टार फुटबलर क्रीस्टियानो रोनाल्डोको नम्बर ७ जर्सी र फोटो सहित सगरमाथाको सफल आरोहण गर्ने कामीछिरी शेर्पालाई सम्मानित पनि गरिएको थियोे ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार