एमाले नेतृ झाँक्रीले शिक्षक ‘बमबहादुर’लाई धम्काएको अडियो युट्युब र सामाजिक सन्जालमा भाइरल भएपछि अन्ततः झाक्रीले फेसबुक मार्फत खण्डन गरेकी छिन। हेर्नुहोस, एमाले नेतृ झाँक्रीको भनाई जस्ताको त्यस्तै।
मेरा साथिहरू, आफन्त र शुभचिन्तकहरूलाई भ्रममा नपर्नुहुन अनुरोध :
सामाजिक संजालमा आएका केही बिषयहरूका सम्बन्धमा स्पष्ट पार्न चाहन्छु ।
यहि असार १४ गते सम्पन्न भएको दोश्रो चरणको स्थानीय तहको चुनावको समयमा म आफु जन्मेको गाउँ पुर्कोटमा थिएँ । पुर्कोट मदाने गाउँ पालिका साविकका सात वटा गाबिस मिलेर बनेको र तिनै सात गाबिसलाई सात वटा वडाहरूमा कायम गरिएको छ । चुनावको दिन सामन्यत सातै वडामा शान्तिपूर्ण रूपले मतदान कार्य सम्पन्न भएको थियो । चुनाव हो, यस्तो बेला बिभिन्न पार्टीका स्थानीय नेता/कार्यकर्ता विच सामन्य विषयमा मतमतान्तर हुनु स्वभाविकै हो । यो बाहेक त्यहाँ कुनै पनि किसिमको अप्रिय घटना भएको थिएन । तर एका- एक सामाजिक संजाल र दर्ता भएका/नभएका अनलाइनहरूमा “रामकुमारी झाँक्रीको नेतृत्वमा कांग्रेस प्रतिनिधि माथि खुकुरी प्रहार” “रामकुमारी झाँक्री प्रहरी नियन्त्रणमा/हिरासतमा” भन्ने जस्ता भ्रामक समाचारहरू ब्यापक प्रचार प्रसार भएछन । यी सबै सामाजिक संजाल र समाचारहरू हेर्ने, सुन्ने सुबिधा गाउँमा थिएन मलाई । केही साथिभाइ, शुभचिन्तक, आफ्ना आफन्तले फोनमा “के भएको हो र ?” भनेर सोध्नु भयो र जानकारी सम्म पाएँ । समाचार लेख्नु भन्दा अगाडी यस्ता समाचारको स्रोत, सन्तुलन र बिस्वसनीयताका बारेमा त आजको सस्तो बेलगाम स्वेच्छाचारी सामाजिक संजाल अनि पत्रकारिताले सोच्ने त कुरै भएन । एक दुई जना बिपक्षि पार्टीका अझ भनौ कांग्रेस र माओवादीका मान्छेले आफ्नो फेसबुकमा राखेको आधारहीन स्टाटसलाई नाम चलेका अनलाइन समाचार साईटहरूमा प्रकाशन तथा एफ.एम.हरूले प्रशारण समेत गर्न भ्याए ।
यस्तो देख्दा मिडियालाई छाडा छोड्न हुन्छ वा हुन्न गम्भिर विमर्शको खाँचो देख्छु । यस्ता खालका पीत पत्रकारिता गर्नेहरूलाई कार्वाही गर्न कानुन पर्याप्त छैन । भएको कानुन पनि प्रभावकारी छैन । एकदम फितलो छ । यस्तो सामाजिक संजालमा जे पायो त्यही लेखेर चरित्र हत्या गर्ने अपराधिहरूलाई साइबर ल पनि आकर्सित हुदैन । पीत पत्रकारितालाई नियन्त्रण गर्ने, कार्वाही गर्ने, कानुन नाम मात्रको छ । म आफै पनि आमसंचारको विधार्थी हुँ । शैद्दान्तिक ज्ञानको अभाव, आमसंचार र कानुन बारेको अनविज्ञताले पनि पत्रकारीता स्वेच्छाचारी भएको छ । आजको दिनसम्म जसले जसको बारेमा जे जस्तो गलत, कपोलकल्पित, भ्रामक समाचार लेखेर ब्यक्तिको चरित्र हत्या गरे पनि यसको कानुनी उपचार नाम मात्रको छ । छैन भने पनि हुन्छ । कानुनमा केही कुरा भए पनि एकदमै फितलो छ । त्यो पनि नेपाल सरकारको अनुमति लिएर संचालन भएका संचार गृहको हकमा मात्र हो । दर्ता नै नगरी चलाएका अनलाइन समाचार साईट कति छन कति । यिनीहरूले आफ्नो साईटको भ्युवर बढाउन पनि सोसल मिडियामा नाम चलेका मान्छेहरूको बारेमा जे पायो त्यही लेखेर सेयर गर्छन । त्यसमाथि सामाजिक संजालमा जे पायो त्यही लेख्ने, आपत्तिक जनक शब्द र फोटो सेयर गर्ने, फोटोसपबाट फोटो मिलाउने, गलत आईडी बनाई नक्कली मान्छेले चलाउने, मन लाग्दि टिप्पणि गर्ने यस्ता मान्छेलाई कारबाही हुने कुरै भएन । त्यसैले नारायण अमृत जी सम्पादक भएको अनलाइनले समेत मेरो वारेमा लेखिएको समाचारमा “एबीसी” को ख्यालै नगरी छापेपछि अरूहरूसंग त यो समाजले के नै पो आसा र भरोसा गर्न सक्छ र? मेरो निष्कर्ष पत्रकारिता र मिडियालाई ज़िम्मेवार, जवाफदेही र सम्मानित गराउन के गर्नुपर्छ यसमा सघन बहस गरौं ।
म संग सम्बन्धित जति पनि कुराहरू सोसल मिडियामा बाहिर आएका छन यी सबै कपोलकल्पित, भ्रामक र झुट बाहेक केही होईनन । चुनावको बेला आफ्नो सत्यनास पराजय भएपछि पुर्कोट(गुल्मी)का बिपक्षी कांग्रेस माओवादीका मित्रहरूले चरित्र हत्या गर्ने उदेश्यले यो सबै काम गरेका हुन। झुटा कुरा राखेर स्टाटस लेख्ने अनि त्यही स्टाटसलाई समाचार श्रोत बनाउने र प्रचार प्रसारण गरेर चरित्र हत्या गर्ने जस्ता काम गरेका छन । आज भन्दा अगाडी सम्म माओवादी शक्तिमा हुदा माओवादी र कांग्रेस शक्तिमा हुदा कांग्रेस बनेर गाउँमा एकलौटी गर्दै गराउँदै आएका तिनै मान्छेहरू यस पटकको स्थानीय तहको चुनावमा हामीहरू गाउँमै बसेर उनिहरूका गलत क्रियाकलाप रोकी भय रहीत वाताबरणमा जनताले भोट हाल्ने वातावरण बनाएकै कारण उनीहरू पराजित पनि भए । त्यही कारण म माथि यसरी खनिएका हुन । बिपक्षिहरूको आफ्नो बास्तविक अनुहार जनताले देखि सकेकाछन । जसको कारण यस पटकको चुनावमा जनताले पत्तासाफ गरेका हुन । चुनाव हारेपछि नयाँ नयाँ पात्र खडा गर्ने, निहुँ खोज्न पठाउने, झगडा गर्ने/गराउने जस्ता घृणित क्रियाकलाप गरेका हुन ।
बिपक्षी पार्टीका मान्छेहरूले जुन ब्यक्तिसंग भएको टेलीफ़ोन संवाद अडियो अहिले सार्वजनिक गरेका छन नी हो एकजना त्यही ब्यक्ति हो बोमबहादुर कुवर जथाभावी फेसबुक स्टाटस र समाचार लेख्ने । त्यो अडियो उसको र मेरो बिच दोश्रो पटक भएको फोन संवाद हो । त्यो मान्छेसंग मेरो ब्यक्तिगत चिनजान थिएन र छैन पनि । उसको फेसबुक स्टाटस हेरेर उसले नै यस्तो कपोलकल्पित झुटको खेती गरीरहेको छ भन्ने निष्कर्षमा पुगेर हामीले फोन गरेर संझाउने वा सरहरू समेत राखेर छलफल गर्ने निर्णय गर्यौ । त्यसै अनुसार पहिलो पटक फोन गरेर मैले “भाई- तपाईले लेखेको समाचार र तपाईका फेसबुकका स्टाटसबारे केही कुरा गर्नुछ भोज बहादुर कुवर सरको घर अगाडी आउनुहोस भनेको थिएँ ।” भोज बहादुर सर हामी सबैले मान्ने ब्यक्ति, मेरो पनि स्कुलको शिक्षक हुनुहुन्थ्यो । त्यो बोमबहादुर कुवर भन्ने ब्यक्तिले पढाउने बालमन्दिर स्कुलको ब्यबस्थापन समितीको अध्यक्ष पनि हो । विचार र राजनितीको कुरा गर्दा उहाँ नेपाली काग्रेशको स्थानीय नेता पनि हो । त्यही भएर पनि मैले भोजबहादुर सरकोमा बोलाएँ । तर उनले मलाई उल्टै ‘फोनमा धम्काए; ‘तिमीले मान्छे मार्न हुने मैले समाचार लेख्न नहुने? ‘म किन आउने तिमीसंग कुरा गर्न ?तिमीले सकेको तिमी गर मैले सकेको म गर्छु’ भन्दै म संग झगडा नै गर्यो र ऊ छलफल गर्न नआउने भयो । पहिलो पटकको फोनमा वार्तामा । मैले भने “मैले मान्छे मारेको पुष्टि गर्न सक्छौ ? कसलाई मारेँ हँ? जे पायो त्यही समाचार लेख्ने? किन झुटको खेती गर्छौ ? भनेर भन्दा भन्दै उनले फोन काटे । फेरी मैले त्यसको करीव एक दुई घण्टा पछि फोन गरेँ । पहिलो पटकको फोनमा मसंग मुख छाडेर जोडकातोड बोल्ने मान्छे पछि दोस्रो पटक फोन गर्दा रेकर्ड गरेको रहेछ र नम्र/शिष्ट बोलेको रहेछ । उसले आफुले बोलेका कति कुरा हटाएर अडियो बाहिर ल्याइएको छ । मैले ठाने उसले नम्र भएर बोल्दा गल्ति महसुस गरे होला । ठिकै छ, फेरी यो विषयमा के कुरा गरीरहनु भनेर मैले फेरी कुरा गर्ने आवश्यकता ठानिन । यदि मैले चाहेको भए फेरी बोलाउन लगाएर सरहरूसंग राखेर कुरा गर्न सक्थेँ । मैले त्यसो गरिन ।
तर ऐले हेर्नुस त यिनीहरू कतिसम्म निक्रिष्ट काम गर्छन । यो मान्छे कस्तो योजनाबद्द ढंगबाट आएको छ ? मिलाई मिलाई बोलेर फोन रेकर्ड गरेर सार्वजनिक गर्ने, कस्तो अपराधिक मानसिकता हो यो ? यो एउटा उदाहरण मात्र हो । गाउँमा कांग्रेसको खोल ओडेर के गर्दा हुन गाउँका सिधा, सोझा जनतालाई? हामी अनुमान मात्र गर्न सक्छौ । कति भयवित पार्दा हुन ? आज चुनाव हारेपछि यिनीहरू राज्य खोसिए जस्तै झन बिक्षिप्त भएकाछन । यस्तो घृणित कार्य गर्ने अापराधिक चिन्तन भएका पात्रहरू प्रति ऐले आएर दया मात्र लाग्छ मलाई । मेरो अरू भन्नु केही छैन । यस्तो आपराधिक काम गर्ने कायरहरू हुन ।
मेरा आफन्त, साथिहरू, सुबेच्छुकहरू यस्ता गलत भ्रामक कपोलकल्पित कुराको पछाडी नलाग्न र डटेर आफ्नो ठाउँबाट खण्डन गर्न समेत अनुरोध गर्दछु ।