लामो समय देखि बिद्यार्थी राजनितीमा सक्रिय रहेकी बौद्धिक युवा नेताका रुपमा चिनिने नेतृको यो टेलिफोनले निकै चर्चा पाएको छ । २ मिनेट ४८ सेकेण्ड लामो अडियोमा उनले सामाजिक सञ्जालमा लेखेकै आधारमा आफ्नै गाउँका एक कांग्रेस कार्यकर्तालाई धम्क्याएको सुन्न सकिन्छ ।
टेलिफोनको शुरुवातको संवादमा सामान्य नै लागे पनि सुन्दा उनको अर्को रुप देखिन्छ । टेलिफोनमा उनले भाषा शैली कै अनौठो रुप प्रयोग गरेकी छन् साथै हातखुट्टा भाँचीदिने धम्की दिएकी छन् । आफुले बोलाएको ठाउँमा नआए एक्सन लिने सम्मको धम्की छ ।
गुल्मीको मदाने गाउँपालिकाका कांग्रेस कार्यकर्ता बमबहादुर कुँवरलाई झाँक्रीले धम्क्याएका हुन् । झाँक्री पनि सोही गाउँपालिकाकी हुन् । हामीले बम बहादुर कुंवर संग टेलिफोन सम्पर्क गरेर छोटो कुराकानी गरेका छौ ।
बकपत्र
राम कुमारी झाँक्री संग मेरो कुनै रिसिवी थिएन । चुनावको बेलामा गाँउ आउनुभएको थियो ।म कांग्रेश समर्थक हुँ भन्ने पनि उहालाई थाहा नै छ । म मास्टर पनि हुँ । उहाको बारेमा गाउमा चलेको कुरा मैले समाजिक संजालमा लेखेको थिए । यस्तो काम त सबैले गर्छन् नि । उहाँले पन गर्नुहुन्छ ।
सामाजिक सञ्जालमा लेखिएका विषय चित्त नबुझेमा प्रहरीमा उजुरी गर्न सकिन्छ । गलत गरेको भए साइबर क्रायम अन्तर्गत मुद्धा हाल्न सकिने व्यवस्था बारे झाँँक्री पक्कै अनविज्ञ थिइनन् । तर, उनले दिएपछि मेरो शरीरको खतरा भएको छ । पुलिसलाई उजुरी गर्न जाँदा यो ठुलो नेताको कुरा हो मिल्नुपर्छ भने ।
राम कुमारी मेरै गाँउकि नेत्री हुन । आन्दोलनमा रगत लागेको फोटोले उनको चर्चा बढेको हो । तर सानै देखि उनि नाराजुलुसमा भाग लने गर्थिन । गरिब परिवारको छोरि हुन् । एसएलसी पास गरेपछि काठमान्डौ गएको हुन उनि । तर सानो कुरामा हामी गाँउको दाजुभाई लाई काट्छु, मार्छु किन भनिन म अचम्ममा परेको छु ।
नेता त हामीले पनि धेरै देखेका छौ । उठबस गरेका छौ । तर जसर राम कुमारीले मलाई अपशब्द प्रयोग गरेर धम्की दिने कम गरिन त्यो खेद जनक छ । पुलिसहरुले उजुरी लिन मानेका छैनन । मलाई अझै पनि खतरा छ ।
यसरी काडेकी थिईन झाँक्रीले साँतो
बम बहादुर कुँवरको बेदना
आजको टिभी अन्नपूर्णमा खबर छ।