वाई वि तमू
लुभेन बेल्जियम | बेल्जियमको लुभेन शहरमा सम्पन्न नेपाल पत्रकार महासंघ युरोप शाखाको तेस्रो अधिवेशनद्वारा आगामी तिन वर्षे कार्यकाल (२०१७-२०२०)का लागि अध्यक्षमा पुनः केजिन राई निर्वाचित भएका छन ।
महासंघका अध्यक्ष केजिन राईको अध्यक्षता तथा बरिष्ठ केन्द्रीय उपाध्यक्ष खिल बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा जुन २४ मा सम्पन्न उक्त अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरि कार्यक्रमको विधिवत उद्घाटन गरिएको थियो भने निलम घिमिरे सापकोटाद्वारा अतिथिहरुलाई ब्याच वितरण गरेकी थिइन ।
उद्घाटन सत्रको कार्यक्रम संचालन द्रोण रिजाल, शाखाको तर्फबाट स्वागत मन्तब्य निलम घिमिरे र सभापतित्व केजिन राईले गरेका थिए ।
नेपालको राष्ट्रिय गीत मार्फत शुरु गरिएको औपचारिक कार्यक्रम र सहिदहरुको सम्मानमा गरिएको एक मिनेट मौनधारणा पश्चात युरोपका बिभिन्न मुलुकहरुबाट उपस्थित विशेष अतिथिहरुद्वारा कार्यक्रमको सफलताको शुभकामना मन्तब्य व्यक्त गरेका थिए l
कार्यक्रमको दोस्रो चरण अन्तर्गत तेस्रो अधिवेशनको बन्दसत्रले नेपाल पत्रकार महासंघ युरोप शाखाको आगामी तिन वर्षे कार्यकाल(२०१७-२०२०) का लागि अध्यक्षमा पुनः केजिन राई निर्वाचित गर्दै अन्य तीनजना उपाध्यक्ष रहने कार्यसमितिमा क्रमश: बरिष्ठ उपाध्यक्ष डिल्लीराम अम्माई (बेल्जियम),राज कुमार दिक्पाल (पोर्चुगल) र बाँकी एकजना पछि चयन गर्ने गरी निर्वाचित गरिएको छ भने महासचिवमा पूर्व उपाध्यक्ष योगेन्द्र मिलन छन्त्याल(पोर्चुगल) निर्वाचित भएका छन त्यस्तै विधानत: पाँच जना सम्म सचिव राख्न पाउने सुविधालाई मध्यनजर गर्दै सचिवमा द्रोण रिजाल (नेदरल्याण्ड) ,कोषाध्यक्षमा तेज नेपाली (बेल्जियम),निर्वाचित भएका छन भने बाँकी चार जना सचिव बैठकले अनुमोदन गर्ने निर्णय गरिएको छ त्यस्तै सदस्यहरुमा प्रेम परियार(नर्वे),निराजन श्रेष्ठ(स्विटजरल्याण्ड),महिन्दो वाईबा(ईटाली),प्रेम पोमू (जर्मनी),विरमान मगर(बेल्जियम),शेर बहादुर छन्त्याल(बेल्जियम) रहेका छन।
सल्लाहकाररुमा पुष्प वरु्वाल , नेदरल्याण्ड पञ्चम अधिकारी बेल्जीयमलाई चयन गर्ने निर्णय गरिएको छ ।
प्रमुख अतिथि बरिष्ठ उपाध्यक्ष भण्डारीले “स्वतन्त्र पत्रकारितामा देखिएका पछिल्ला चुनौतीहरुमा पत्रकारहरु बढि जिम्मेवार बन्न अनुरोध गर्दै प्रवासमा बसेर पनि नेपाली पत्रकारितामा सकृय पत्रकारहरुलाई एकताको मालामा गासेर सधै सहमति र सहकार्य गर्दै अगाढि बढ्न सुझाब र धारणा समेत व्यक्त गरेका थिए । मन्तव्यकै क्रममा बरिष्ठ केन्द्रीय उपाध्यक्ष भण्डारीले अगाडि जोड्दै “युरोप शाखाको यो तेस्रो अधिवेशनले पनि युरोपमा सकृय पत्रकारहरुलाई एकता र सहमति अनुसार मुलधारमा ल्याउन सफल भएकोमा” धन्यवाद समेत दिएका थिए ।
“युरोपका बिभिन्न मुलुकहरूका पत्रकारहरुलाई एउटै ब्यानर मुनि गोलबन्द हुन आब्हान गर्दै सबैलाई सहमति -सहकार्य र स्वतन्त्र पत्रकारितामा हामि सबैको सहकार्यको अपेक्षा राखेको भन्दै आफुलाई विश्वास गरि पुनः अध्यक्षमा निर्चाचित गराउन सहयोग गर्ने सबै पत्रकारहरुलाई नबनिर्बाचित अध्यक्ष राईले तेस्रो अधिवेशनलाई प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिदै कार्यक्रमको बिसर्जन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि भण्डारीद्वारा नव निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण -पत्र वितरण गरेका थिए । अधिवेशनमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी मगरले नवनिर्वाचित शाखा पदाधिकारीहरूलाई बधाई दिदै बेलायत र यूरोप शाखा आगामी दिनमा भातृत्व र सहकार्य गर्दै जाने विश्वास ब्यक्त गर्दै बेलायत संग नङ्ग र मासुको सम्बन्ध रहेको उल्लेख गरेका थिए l