जर्मनीका अधिकारकर्मीहरुले जर्मन संसदले समलिङ्गी विवाहलाई वैधानिकतादिने संबन्धी विधेयक पारित गरेकोमा खुसियाली मनाएका छन्।
उक्त विधेयक साठी प्रतिशतभन्दा बढी मतले पारित भएको थियो।
अब जर्मनीमा समलिङ्गी विवाहलाई पूर्ण कानुनी मान्यता दिइएको छ र उनीहरुले धर्मपुत्र वा धर्मपुत्री पाल्न पनि पाउनेछन्।
जर्मन संसदमा आकस्मिकरुपमा ल्याइएको प्रस्तावको पक्षमा ३९३ र विपक्षमा २२६ सांसदहरुले मत हालेका थिए।
आउँदो सेप्टेम्बर महिनामा नयाँ जर्मन संसदकालागि चुनाव हुनुअघि पारित हुने यो नै सबैभन्दा महत्वपूर्ण विधेयक भएको ठानिएको छ।
जर्मन चान्सलर एङ्गेला मर्केलले विधेयकको विपक्षमा मतदान गरिन्।
विधेयक पारित भएपछि बोल्दै उनले भनिन्, उनी विवाह भनेको पुरुष र महिलाबीच नै हुन्छ भन्ठान्छिन्।
तर उनले भनिन्, ‘यो विधेयक पारित भएपछि यसले जर्मन समाजमा सामाजिक र शान्तिलाई बढावा दिनेछ भन्ने मैले आशा लिएकी छु।’
बर्लिनस्थित बीबीसी संवाददाता जेनी हिल भन्छिन्, समलिङ्गी विवाहलाई मान्यता दिने संबन्धी विधेयक संसदमा मतदानकालागि लगेर चान्सलर मर्केलले उनको सहयोगी दल एसपीडीलाई खुसी पारेकी छन्।
उनी आफैले विधेयकको पक्षमा मतदान गरेकाले उनको दलका अनुदारवादीहरु पनि उनीसंग प्रसन्न नै हुनेछन्।
यस अघि नर्वे, स्वीडेन, ब्रिटेन, फ्रान्स, आयरल्याण्ड लगायतका युरोपेली मुलुकहरुले समलिङ्गी विवाहलाई मान्यता दिने संबन्धी कानुन पारित गरिसकेका छन्।
तर अष्ट्रिया र इटलीमा भने अझै समलिङ्गी विवाहले पूर्ण कानुनी मान्यता पाएको छैन।
विविसीबाट