बाबुअामाले अाफ्नो छोराछोरीलाई मुटुका टुक्रा भन्छन,अनि छोराछोरीले पनि उत्तिकै ठान्छन मुटुका टुक्रानै सम्झिन्छन भन्ने कुराको प्रमाणित सरिता महर्जनले गरेकि छन।सुन्दा सपना जस्तो लाग्ने तर यथार्थ घटना चोैविस वर्षिय सरिता महर्जनले अाफ्नो कलेजो दिएर अाफ्नो बाबुको पुनर्जन्म दिएकी छन।
हामी अाधुनिक संसारका कुरा गर्छोै तर अझै पनि समाजमा छोरा छोरीको विभेद चाँही पटकै घटेको छैन समाजमा एका दुई छोरीहरुले प्रशंसानिय काम गरे भने सबै च्वा,च्वा,च्वा गर्दै विचरा को पात्र बनाउँछन वास्तवमा भन्ने हो भने घर, परिवार,समाज राष्ट्र निर्माणमा महिलाको अहम भुमिका रहन्छ पुरुष भन्दा कयोैँ गुणा सफलता हात पार्ने महिलाहरु धेरै छन जुन विना सङघर्ष सम्भव हुदैन। केहि छोरीहरु प्रतिभावान भएर अाफुलाई अब्बल स्थानमा दर्ज गराउन सफल भएका छन भने केहि छोरीहरु ऐतिहासिक उपलब्धि पाएर त केहि सङघर्ष गर्दै उच्च अोहोदामा पुगेर अाफुलाई शसक्त र सफल बनाउने प्रयास गरेका छन जसको कारण नेपाली छोरीहरुले नविन कामको सुरुवात गर्दै सान,मान र स्थान बनाएका छन।
अन्य यस्ता छोरीहरु पनि उत्तिकै छन क्षेत्र ,उतरदायित्व फरक होला तर यो हृदयविधारक मन छुने कथा जो अाफ्नो जिवनको प्रबाह नगरि अाफ्नो परिवार बचाउनको लागि जिवन दान अर्थात कलेजो दिएर बाबु बचाउन सफल भएकि छोरी चाँही विरलै भेटिन्छन। एउटा छोरीले अाफ्नो बाबु बचाउन गरेक यो हरदम प्रयासलाई अन्य कथा घटना सँग अतुलनिय छ साच्चिकै यो दर्दानक घटना अध्ययन गर्दा दन्त्य कथा जस्तो लाग्छ तर यो कुनै लोकको कथा भने होईन यो केहि दिन अगाडीको यथार्थ हो। अब सरिता महर्जन जसले अाफ्नो कलेजो दिएर अाफ्नो बाबु बचाउन सफल भईन यो हृदयस्पर्शि कथाले पक्कै पनि समाजमा रहेका निच ब्यतिहरु जो छोरीलाई मान्छेलाई मान्छे होईन जतिकै ठान्थे,केहि गर्न सक्दिन भन्ने तर्क तर्कना गर्थे अवसर बाट बन्चित गराउन जुन बाहनाबाजी गर्थे अाज यो उदाहरणिय मर्मस्पर्शि
घटनाले तिनिहरुको पर्दाफास गरेको छ ।
समाजमा संकुचित सोच भएका ब्यक्तिहरु प्रति कडा प्रहार भएको छ पक्कै पनि सरिता महर्जन जस्ता मनकारी छोरीको कथाले मानसिक रुपमा गडेका पितृसतात्मक सोच भएका ब्यक्तिहरुले मान्ने संस्कार र कुरितिलाई जरा देखि उखेल्ने छ भन्ने यो घटना बाट पाठ सिक्न सकिन्छ ।अङ्गले पुरुष हुदैमा पुरुषार्थ देखाउनु घमण्ड बाहेक अरु हुनै सक्दैन ।
जसले शाहसिक काम गरेर अाफुलाई चिनाएका छन ति हुन असली पुरुषार्थ भएका मान्छे चाहे छोरा हुन अथवा छोरी ….
यहि प्रश्न मिस नेपाल 2017 पनि उठेको थियो देश विकासमा महिलाको भुमिका के रहन्छ?सबै मिस नेपालले अा-अाफ्नो तरिकाले ब्याख्या,विश्लेषण र तर्क गरेका थिए जे भए पनि निष्कर्षमा समाज निर्माण,रुपान्तरण गर्नुमा पुरुष महिला दुबैको भुमिका उतिकै हुन्छ यो वैज्ञानिक विश्लेषण र वर्तमानको वास्ताविकता पनि हो।
तर हामी केहि दुईचार जनाले महिलाको भुमिका पुरुष वरावर हुन्छ भन्दैमा समाजले टेर्नेवाला छैन ति जान्ने बुझ्नेहरु,जो समाजमा नाम चलेका हुन्छन उनिहरुको ब्यबहार नै त्यस्तै छ। हात्तिको देखाउने दात र चपाउने दात फरक हुन्छ भने जस्तै हो समाजका अग्रजहरुको मानसिकता पनि त्यस्तै छ भन्ने वेलामा महिलालाई पहिलो प्राथमिकता भन्छन तर अधिकार दिने वेलामा पुर्वअनुमान गर्दै यसले सक्दिन भन्दै टार्छन यहि त छ अाजको यथार्थ।फेरि पनि सरिता महर्जन जस्ता कयोैँ छोरीको उदाहरण अाउँछ।
कुन पुरुषले अाज सम्म अाफ्नो अङ्ग दिएर परिवार को खुसि फर्काउन सफल भएका छन। यो प्रश्नले सबैलाई मोैन र स्तब्ध बनाउनु स्वभाविक हो। यहि कुराले धेरैको पेट पोल्न थालीसकेको होला अात्माग्लानीले सिमा नाघिसकेको हुन सक्छ।खबरदार !अब अात्मा ग्लानी गर्नु अर्थहिन छ अरुको सफलतामा रुने पनि हाम्रै समाज हो अाज फेरि पनि सरिताको कथाले रुने कमि छैनन् यो रुवाई ग्लानी भएर हुन सक्छ,किनकी यो समाजमा कयोैँ छोरीमाथी अपमान गरेको छन छोरी जन्मनु अभिषाप ठानेका छन ।अनि त्यस्ता समाजमा छोरीहरु यसरी फटाफट सफलता पाउदा सञ्जालमा गुनगान गाईरहदा पक्कै पनि छोरीको अपमान गर्ने दुष्ट ब्यक्तिहरु लाजले तिनछक पर्दै मन दुखाउँदै होलान।
सायद अब कमजोर महिला भन्ने छैनन् महिलालाई कमजोर भन्नु पुर्व अाफ्नो मुल्याङकन गर्ने छन ।एक पटक अवसर दिएर हेर!महिलाहरु कति अब्बल छन भन्ने कुरा उनिहरुको कर्म,सङघर्ष र सफलताले स्पष्ट देखाईसकेको छ।एउटा उदाहरणिय काम गर्ने वित्तिकै समाजले जिव्रो टोक्छ हामी यस्तै समाजमा लिप्त छोैँ ।
केहि दिन अगाडी सामाजिक सञ्जालमा सरिता महर्जन को विषयले चर्चा पायो चर्चा मात्र बटुल्ने काम गरेन सबैलाई चकित पार्यो यस्तो शाहसी महिला जसले अाफ्नो कलेजो दिएर अाफ्नो बाबा लाई पुनर्जन्म दिईन सायदै यस्ता शाहसिक काम गर्ने पुरुष,महिला विरलै होलान म अाफु पनि सोच्न सक्दिन सायद म त्यो ठाउँमा भए कलेजो दिन्थे वा दिन्थिन। दु:खमा टुलुटुल हेरेर बस्ने पनि हाम्रो संस्कार भईसकेको छ। एउटाको पिडामा अर्को हाँस्ने पनि यहि समाजमा छन तर छोरीमान्छे माथी भरोसा राख्ने पुरुष तथा महिलाको यो खबरले पक्कै पनि चोैडा छात्ति भएको छ महिलाको सम्मान गर्ने पुरुषहरुले पनि यसबाट अझ थप प्रेरणा पाएको छ।
फेरि त्यस्तै घटना घट्यो पानी परेर एउटा अपाङ्ग ब्यक्ति ह्विल चियर सहित पानीमा डुबुल्कि खेल्दै गरेको देखेपछि दोलखा भेड्पु कि सुजता गोले को मन पग्लियो त्यो बाटो कयोैँ बटुवा अावातजावत गरे होलान तर कसैको नजर परेन उनको नजर पर्यो उनले पानीमा रुझ्दै उद्दार गरिन कति कोमल हृदय भएका छोरीहरु छन यो समाजमा तर खै मुल्याङकन छोरीहरुको जन्मन नपाई भ्रुण हत्या गर्छन,
यदि जन्म भईहाल्यो भने पनि मुख अमिलो पार्छन साच्चिकै,अलिक ठुलो उमेर ढल्केपछि समाजकै अाडमा फेरि पनि छोरीहरु अर्थात अाफ्नै सन्तानको ईच्छा,चाहना दबाउन बाध्य हुन्छन अाफ्नो नाक काटेर समाजको नाक टास्ने पनि हाम्रै नेपाली समाजको प्रथा भईसकेको छ । अब चाँही यस्ता शाहस भएका छोरीको कथाले पक्कै पनि केहि सकरात्कम बुद्दि घुस्ला की भन्ने अाशा धेरैलाई लागेको छ।
घैटोमा घाम लाग्यो भने पक्कै पनि यस्ता विभेदको कुरिती तोड्न सकिन्छ।
विर्खे दाजु पेसाले शिक्षक हुन समाज परिवर्तन गर्नमा शिक्षकको मुख्य भुमिका हुन्छ शिक्षक भनेका समाजका खम्बा हुन तर उनको घरायसी कुरा बाहिर सुन्नु पर्दा अवश्य दु:ख लाग्छ शिक्षित मानिसहरुको मानसिकता पनि पुरानै प्रवृतिको छ यो एउटा प्रतिनिधी उदाहरण मात्र हो। विर्खे दाजुको अाठअोटी छोरी भईसके तर पनि उनलाई छोरा नै चाँहिएको छ हाम्रो अब एउटा छोरा हुनै पर्छ भाउजु सँग घर सल्लाह गर्छन ।भाउजु कयोैँ पटक रोईसकेकी छन उनि सायद छोरी जन्मदा पनि खुसि छिन किनकी उनलाई छोरा होस वा छोरी जन्माउदाको पिडा उत्तिकै महशुस हुन्छ।
दाजु भन्छन जसरी पनि छोरा चाहिन्छ भाउजु पटक पटक छोरी मात्र जन्माउछिन यस्तै छोरी जन्माईरहदा उनि शाररिक रुपमा अत्यन्तै कमजोर भईसकेकी छिन।
भाउजुले मुख खोल्छिन, यदि छोरी भयो भने,नकुरा गर।दाजु छोरीको उच्चारण पनि गर्न चाँहदैनन् मुख नै थुन्न अाउँछन रे! भाउजु न्याउरो अनुहार पार्दै भन्छिन ‘भन्नुस त छोरी भयो भने के गर्ने?
सजिलै सरल उत्तर दिन्छ एबर्सन,क्युरेट अन्य के के गराउन पर्ने जति सबै गराउने नी !
मज्जाले फकाउँछन, जब उनले अाफ्नो श्रीमानको खुसिको लागि कयोै पटक पेट चिर्न बाध्य हुन्छिन तैपनि उनि गुनासो गर्दिनन् अनि कुनै दिन कुनै प्रस्ताव अस्विकार गर्दा उनि रण्डी वेश्या शब्दहरु खेप्न बाध्य हुन्छिन, अर्कै सँग गईहाल कति सजिलै भनिदिन्छ ।
अरे बाबा महिलाको ज्यान ज्यान हैन।बच्चा पुग्यो अब परिवार नियोजन अथवा स्थाईबन्ध्याकरण गर्नु पर्यो भन्दा डरले पिसाव फेर्ने श्रीमानले श्रीमतीको स्वास्थ्यको ख्याल किन नगर्ने?
प्रशस्त लाभ लिने भोग गर्ने अनि पटक पटक पेट चिर्न लगाएर घाईते अशक्त बनाउँने अनि अझै श्रीमती कमजोर भई अब अर्को विवहा गर्छु भन्न पाईन्छ? यस्ता विर्खे दाजु जस्ता दुष्ट मानिसले पनि सरिता जस्ता भाग्यमानी छोरीको कथा बाट पक्कै पनि पाठ सिक्ने छन अहिले सरिताको सफलतामा रुने मान्छे पनि यहि विर्खे दाजु जस्तै हुन।