अस्ट्रेलीयामा आतंककारी हमला गराउने धम्की दिने एक नेपाली विद्यार्थीलाई अस्ट्रेलीयाको प्रहरीले पक्राउ गरेको छ ।
गत फेब्रुअरीमा अध्ययनका लागि अस्ट्रेलिया पुगेका काठमाडौंका सन्देश विकलाई अस्ट्रेलियन प्रहरीले पक्राउ गरेको हो । कलेजमा संगै अध्ययन गरीरहेको २१ बर्षिया युवतीलाई पटक पटक भेटन बोलाँउदा नआएको भन्दै उनले आतंककारी हमला गर्ने धम्की दिएका हुने् ।
बिकले युवतीलाई फेसबुकमा म्यासेज लेख्दै सिडनीको ओपेरा हाउसमा अन्तराष्ट्रिय आतंककारी समुह आइयसद्धारा आक्रमण गराउने धम्की दिएको बताइएको छ । सामान्य परिचयपछि सिड्नीको ओपेरा हाउसमा भिभिद उत्सवमा भेट्न आउन आग्रह गर्दै निरन्तर म्यासेज पठाइरहेका बिकलाई युवतीले भेट्न इन्कार गरेको प्रहरीले बताएको छ। ‘भेटन नआए सिड्नीको सोही उत्सवका दिन आइएस आइएसद्वारा बम आक्रमण गराउने’ धम्की दिएको भन्दै युवतीले स्थानीय प्रहरीलाई उजुरी गरेपछि उनलाई पक्राउ गरिएको थियो।
बिकले प्रहरी समक्ष आफूले यस्तो सन्देश पठाएको कबुल गर्दै ‘जोकको रुपमा मात्र यस्तो गरेको’ बताएका छन्।
सिड्नीको डाउनिङ सेन्ट्रल लोकल आदालतले बिकलाई ६ महिनाको आचरण सुधार सर्तमा धरौटीसहित रिहा गरेको स्थानिय समाचार माध्यमहरुले जनाएका छन्। बिकका वकिलले भने बिकको आइएस आइएसँग कुनै सम्वन्ध नरहेको बताएका छन्।