म नागरिक समाज
हो म नागरिक समाज
देखे धेरै देखे,
बन्दुक को भर मा सत्ता कब्जा गर्छु भन्ने हरु
सुरुङ्ग खनेर सन्सार जित्छु भन्ने हरु!!
रगत सङ्ग साटिएका सपनाहरु बेचेर
रोल्पाको झोपडी बाट राजधानी का महल मा बसाइ सर्नेहरु!!
भेटे धेरै भेटे,
मेरै सामुन्ने
मेरै अगाडि
२ हजार मा नागरिकता किन्नेहरु
२ हजार मा नागरिकता बेच्नेहरु!!!
कसरी चुनाव लडे,कसरी चुनाव जिते
अचम्मित पर्छु सोचेर पनि
आफुलाइ आधुनिक जङ्गबहादुर सोच्नेहरु!!
एक बोत्तल मा बिकेका मतपत्र हरु
एक रात मा लिलाम गरेर/गराइएर
मजाक बनाइएका जनादेश हरु,
अरब बाट आयात भएका बाकस भित्र कहिले नखुल्ने आँखा भित्र कैद भएका रहरहरु!!
तर म केही बोलिन
अह चुइक्क पनि बोलिन
किनकी म नागरिक समाज
हो म नागरिक समाज!!
*******************************
मेरो सानो शहरको तिमी सानो मान्छे
मेरो थोत्रो शहरको तिमी थोत्रो मान्छे
सुसासन को कुरा गर्छौ
बीकाश को कुरा गर्छौ
करेन्ट नआउने खम्बा हरु अनि डाक्टर नआउने अस्पतालको कुरा गर्छौ
पियन ले चलाएको स्वास्थ चौकी देखी
भेटी नराखि फाइल नबढ्ने अड्डाहरुको कुरागर्छौ
त्यो अर्धपागल डाक्टर अनि पश्चिम सेतिको कुरा गर्छौ
जाबो भत्केको सडक,जहाज नआउने एअरपोर्ट अनि
अबिरजात्राको कुरा गर्छौ!!!
कति बोल्न सकेको तिमी
कति उफ्रिन सकेको तिमी
हुँदा हुँदा चुडामणि देखि सुशिला सम्म
आइ जि पि देखि भरतपुर सम्म
कसकस का कुरा गर्छौ
कसकस को डाहा गर्छौ
दिक्क लाग्दैन तिमिलाइ
ब्यर्थ लाग्दैन तिमिलाइ
जसरी चलेको छ चल्न देउ यो देशलाइ
उडुस हरुलाइ चुस्न देउ यो देश लाइ!!
तिमी जाबो मान्छे
मेरो सानो शहरको सानो मान्छे
मेरो झुत्रो शहरको झुत्रो मान्छे
चुइक्क पनि नबोल म जस्तै
चुइक्क पनि नहेर म जस्तै
सुत तिमी पनि सुत
हेर म कसरी सुतेको छु
हेर म कसरी निदाएको छु
कुम्भकर्ण निन्द्रा मा
लठ्याउने औसधि खाएर सुताइएको रोगी जस्तै
तिमी पनि सुत म सङ्गै
किनकी म नागरिक समाज
हो म नागरिक समाज!!