दोहा । कतारले संयुक्त राष्ट्रसंघलाई सहयोगका लागी अपिल गरेको छ । साउदी अरबिया नेतृत्वका खाडी मुलुहहरूले कतारमाथि नाकाबन्दी लगाएको करिब २ महिना हुँदा पनि उनीहरू कतारसँग लचिलो नभएपछि कतारका विदेशमन्त्री मोहमद् बिन अब्दुलरहमानले खाडी संकट समाधानका लागी सहयोगको अपिल गरेको हो।
नाकाबन्दीका कारण कतारले ठूलै आर्थिक क्षति व्यहोर्नु परेको छ । क्षतिपूर्ति मागका लागि एक छानविन समिति गठन गर्दै कतारले नाकाबन्दीका कारण व्यहोर्नु परेको आर्थिक नोक्सानीको क्षतिपूर्तिको माग कतारले खाडी मुलुकहरूसँग गरेको थियो ।
कतारमाथिको प्रतिबन्ध हटाउनका लागि कतारलाई अलजरजिरा हटाउनु पर्ने, इरानसँगको कुटनीतिक सम्बन्धमा कमी गर्नुपर्ने आतंकवादलाई समर्थन गर्न नहुने प्रस्ताव अन्य मुलुकहरुले राखेपछि ति मागहरु कतारले पुरा गर्न नसक्ने जनाएपछि प्रतिवन्ध थप कडा गर्ने चेतावनी उनिहरुले दिएका थिए ।
कतारले इस्लामिक समूहलाई समर्थन गरेको र आतंकवाद फैलाएको आरोप लगाई साउदी अरेबिया नेतृत्वमा ६ मुलुकहरूले कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेदको घोषणा गरेका थिए।