आजको भागमा उम्कने प्रयासमा गोविन्द तिवारीको नयाँ खेल, एलडिओको सरुवा गराउने पावरफुल तस्करहरुबारे दमदार खुलासा।
नेताहरुलाई आन्दोलन गरी ब्यवस्था परिवर्तन गर्न आयो तर त्यसपछि चाहिने विकासको प्लानिंग, भिजन आईडिया फिटिक्कै आएन।
जब सिधाकुरामा रबि उदाए , यो देशका अपराधीहरुलाई यसरी कुदाए, हेर्नुस आजको दमदार एपिसोड।
”राजनिती अस्थिर र राजनितिज्ञहरु भिजन नभएका रहुन्जेल केही हुदैन। विभिन्न आन्दोलन गरी ब्यवस्था परिवर्तन गर्न आयो तर त्यसपछि चाहिने विकासको प्लानिंग, भिजन आईडिया फिटिक्कै आएन। पढेको छैन,देखेको छैन, विज्ञलाई दिने जागिर चुनावमा सहयोग गर्ने गाउको कान्छोलाई दिनै पर्यो। फेरी अर्को आन्दोलन गरेर अर्कै ब्यवस्था ल्याउन परे तयार छन् र जानेका छन्। तर विकासका योजना र कार्यान्वयन गर्ने सोच छैन,विकास गर्नै आउदैन,कर्मचारीले नै घुमाईदिन्छन्। गर्ने के ?
रविले गिनिज वर्ल्ड रेकर्डसमा नेपालको नाममा एक विश्व कृतिमान पनि राखेका छन
६२ घन्टा लामो टिभी शो संचालन गरेर सिधाकुरा जनतासंगका प्रस्तोता रबि लामिछानेले ४ बर्ष अघि एक बिश्व कृतिमान कायम गरेका छन् नेपालको लागि |
सन् १९५० को दशकमा अमेरिकी नागरिक हग बेभरले गिनिज बुकको अवधारणा ल्याएका हुन् । संसारका कीर्तिमान वा उदाहरण प्रमाणित भएपछि गिनिज वल्र्ड रेकर्डस्ले प्रमाणपत्र दिन्छ ।
रवि लामिछानेले टेलिभिजनमा सबैभन्दा लामो टक–सो गरेर १४ अप्रिल २०१३ मा विश्व कीर्तिमान कायम गरे । उनले न्युज ट्वान्टी–फोरमार्फत बुद्ध नेपालमा नै जन्मेका हुन् भन्ने विषयमा ६२ घन्टा १८ मिनेट टक–सो चलाएका थिए । यसअघि भने दुईजनाले ५२ घन्टा लामो कार्यक्रमको कीर्तिमान राखेका थिए । उनले भने, ‘अन्तर्वार्ताको समयमा म ५–६ पटक मात्र बाथरुम गएँ प्रत्येक घन्टा पाँच मिनेट ब्रेक लिन पाइन्थ्यो, मैले त्यो पनि लिइनँ । गेस्टले उत्तर दिइरहेका वेला यता मैले खाना खाइरहेको हुन्थेँ । मलाई तीनपटकचाहिँ सकिँदैन कि भन्ने लागेको थियो । तर, आखिरमा सफल भएरै छाडेँ ।’
विश्वले चिन्नेछ नेपाल’ भन्ने नारा सहित विश्व रेकर्ड राख्न सञ्चालित सो टेलिभिजन टक शो ले ६० औं घन्टा पार गरेर रवि लामिछानेले न्यूज 24 टेलिभिजनमा ६० घण्टा अनबरत रुपमा कार्यक्रम चलाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डस राख्न सफल भएका थिए | लङ्गेस्ट म्याराथन टेलिभिजन टक शो को अन्त्यमा चर्चित कलाकार हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठ सहित रबि लामिछानेले बहस गरिरहेका थिए । भगवान बुद्द नेपालमा जन्मेका हुन् भनि मूल नारा बनाइएको सो कार्यक्रममा प्रचण्डदेखि तत्कालिन भारतिय राजदुत जयन्तप्रसादसम्मले समेत आएर अन्तर्वार्ता दिएका थिए ।
तत्कालिन भारतीय राजदुत जयन्तले बुद्द नेपालमा जन्मिएका हुन् भन्नेमा कुनै संकानै नरहेको बताएका थिए । युक्रेनका पाभ्लो कुज्जेयभ र टेटियाना डन्यलेन्कोले च्यानल फाइभको स्टुडियोमा लगातार ५२ घण्टा अन्तर्वार्ता लिएर सन् २०११ मा बनाएको किर्तिमान रबि लामिछानेले तोड्न सफल भएका थिए ।
यसरी शुरु भएको थियो रविको सिधाकुरा जनतासंग र त्यो दिन रविले लेखेको फेसबुक पोस्टको सार
प्रधानमन्त्रिलाई चुनौती दिदै पत्रकार रबि लामिछानेले टेलिभिजन टक शो ‘सिधा कुरा जनता संग’ सुरु गर्ने भएका छन् | आफ्नो फेसबुक स्टाटस मार्फत गुनासो सहित प्रधानमन्त्रिलाई चुनौती दिदै उनले छल र बलपुर्वक खोसिएको कार्यक्रमको लोगो र अन्य श्रब्य दृश्य सामग्री अब नयॉ बनाउनको लागि प्रधानमन्त्रीलाई आग्रह पनि गरेका छन् |
फेसबुकमा लेखिएको छ “ अब तिनको प्रयोग हामी आफै नै गर्दैछौ। नया बनाउन नसक्ने भए हामीलाई खबर गर्नुहोला,सहयोग गर्न तयार छौ। तर हाम्रो बौध्दिक सम्पत्ति अब आउने कार्यक्रमबाट प्रयोग नगरी दिनु होला”
कार्यक्रम ‘सिधा कुरा जनता संग’ न्युज 24 टेलिभिजन बाट प्रशारण हुनेछ | यसै बीच कार्यक्रमको लोगो उस्तै राखिएको छ भने पत्रकार लामिछानेले कार्यक्रमको प्रोमो पनि उत्तिकै दमदार बानाएका छन् |
स्वर्गीय शुशील कोइराला प्रधानमन्त्री भएका बेलानै सुरु गर्ने भनिएको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्री संग’ केपी ओली को पालाबाट सुरु भएको थियो |
कार्यक्रमले छोटो समयमानै जनताको मन जित्न पनि सफल भैसकेको थियो तर प्रधानमन्त्री प्रचण्डको सरकार आएपछि उक्त कार्यक्रमको रचना गर्ने पत्रकार रबि लामिछानेलाइ नै हटाईएको थियो |