काठमाडौं । यो शुक्रबार बाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘प्रेमगीत २’को टिकट बुधबार देखिनै बुकिङ सुरु भईसकेको छ, भने टिकट बुकिङ खुल्ला गरिएको १ दिन नबित्दै ७० प्रतिशत भन्दा बढी टिकट बुक भईसकेको निर्माण पक्षले जानकारी गराएका छन् । निर्माण पक्षका अनुसार हिजो बुधवार ३ बजे देखि टिकट बुकिङ खुल्ला गरिएको हो । आज बिहान बिहिवार सम्मको जानकारी अनुसार ७० प्रतिशत भन्दा बढी टिकट बुकिङ भईसकेको छ भने अझै तीव्र रुपमा बुकिङ भईरहेको छ ।
यो फिल्मको निर्माण पक्षले मोफसलमा पोखरा र बुटवलमा प्रिमिएर पनि गरिसकेको छ । यस हिसाबले मोफसलको दर्शकहरुको साथ फिल्मलाई अवश्य पनि धेरै नै मिल्ने कुरामा दुई मत छैन । यस्तै लामो समय देखि भईरहेको फिल्मको चर्चा त्यसपछिको फिल्मको गीत संगीतले गरेको धमाका र रिलिज्ड ट्रेलर यो सबै कुरालाई दर्शकहरुलाई सिनेमा घर सम्म आउने धेरै बाटो तयार पारीसकेको छ ।
त्यस्तै निर्माण पक्षले फिल्मको प्रोमोसनमा पनि कुनै किसिमको कसर छोडेको छैन । हरेक क्षेत्र र ठाउँमा निर्माण पक्षे पुगेको छ भने हरेक तरिकाले फिल्मको बारेमा पनि जानकारी सबैतिर दिइएको छ ।
यो फिल्म भोली शुक्रबार बाट देशभरका ८० भन्दा बढी सिनेमाघर देखि एकसाथ प्रदर्शनमा आउँदै छ । फिल्ममा समाबेश दृष्यांकन, गीत संगीत र फिल्मको कथा वस्तु र प्रस्तुती यो फिल्मको अब्बल पक्ष हो ।
नेपाल र म्यानमारका दुई पात्र बीचको प्रेम र संघर्ष चित्रण गरिएको यो फिल्ममा प्रदीप खड्का, असलेशा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, मुक्त बाबु आचार्य, श्रद्धा प्रसाई लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
आशुसेन प्रोडक्सनको ब्यानरमा तयार भएको यो फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् भने फिल्मको निर्देशको निर्देशन रामशरण पाठकले गरेका हुन् ।