साझा पार्टी र विवेकशील नेपाली दल एकीकरण- बन्यो “विवेकशील साझा पार्टी”

वैकल्पिक धारको राजनीतिको विश्वासिलो विकल्पका रुपमा हेरिएका साझा पार्टी र विवेकशील नेपाल दल बुधबार एकीकरण भएका छन्। नागरिक समाजका अगुवाको सहयोगमा दुई पार्टीबीच श्रृङ्खलाबद्धरुपमा चलेका वार्तामार्फत दुवै दलहरु एकीकरणको अवस्थासम्म आइपुगेका हुन्।

। समितिमा दुई सहसंयोजक रवीन्द्र मिश्र र उज्वलबहादुर थापा रहनेछन्। पार्टीका बैठहरुको अध्यक्षता रवीन्द्र मिश्रले गर्नेछन्। संयोजन समितिमा अन्य सदस्यमा अनुसा थापा, गोविन्द नारायण तिमिल्सिना, निरुपमा यादब, मुमाराम खनाल, रमेश पौड्याल, सूर्यराज आचार्य रहनेछन्।
एकीकृत नयाँ पार्टीको नाम विवेकशील साझा पार्टी तय गरिएको छ। हाल साझा पार्टीले प्रयोग गरिरहेको लोगो तराजु नयाँ पार्टीको चुनाब चिन्ह रहनेछ। सम्झौताअनुसार दुवै पार्टीबाट १७-१७ गरी ३४ जनाको केन्द्रीय समिति गठन गरिएको छ। नयाँ पार्टीमा प्रत्येक प्रदेशबाट कम्तिमा १-१ जना प्रदेश संयोजक रहनेगरी ७ जना सदस्य केन्द्रीय समितिमा रहनेछन्। केन्द्रीय समिति विस्तार गरी महाधिवेशनसम्ममा ५१ जनासम्म पुर्‍याउन सकिने व्यवस्था गरिएको छ।

पार्टी सञ्चालनका लागि दुवै पार्टीबाट ४-४ जना रहेनगरी एउटा संयोजन समिति निर्माण गरिएको छ। समितिमा दुई सहसंयोजक रवीन्द्र मिश्र र उज्वलबहादुर थापा रहनेछन्। पार्टीका बैठहरुको अध्यक्षता रवीन्द्र मिश्रले गर्नेछन्। संयोजन समितिमा अन्य सदस्यमा अनुसा थापा, गोविन्द नारायण तिमिल्सिना, निरुपमा यादब, मुमाराम खनाल, रमेश पौड्याल, सूर्यराज आचार्य रहनेछन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार