सिरहा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सहकारी डिभिजन कार्यालय लहानका एक कर्मचारीलाई १५ हजारघुससहित पक्राउ गरेको छ ।
सहकारी संस्था दर्ता गराउन आएका सेवाग्राहीबाट घुस लिदाँलिदै पक्राउ परेका हुन् ।
सप्तरीको राजविराज नपा ११ का प्रतिमा यादवसँग नगद १५ हजार रुपैयाँ लिइरहेको अवस्थामा अख्तियारले सहायक सहकारी निरिक्षक सुवास गड्तौलाई नियन्त्रण लिएको हो ।
आवश्यक प्रक्रिया पूरा गरी थप अनुसन्धानको लागि गड्तौलाई इटहरी लगिने तयारी भइरहेको छ ।