एन आर एन ए स्पेनको पाँचौ महाधिवेशन सम्पन्न – आईसीसी सीमा गुरूडं , सापकोटा अध्यक्ष

बार्सिलोना । बार्सिलोनामा सम्पन्न एन आर एन ए स्पेनको पाचौ महाधिवेशनबाट अध्यक्षमा चिन्तामणी सापकोटा निर्वाचित भई बिजयी भएका छन । उपाध्यक्ष पदमा सुनिल रानाभाट र पेशल कोईराला बिजयी भए । सचीव पदमा दिनेश गिरी र लोक बन्धु बस्नेत बिजयी भए । यी ३ पद निर्वाचनबाट चुनिएको हो ।

अध्यक्ष चिन्तामणि सापकोटाले ५१८ मत ल्याएर बिजयी बने भने अर्का उमेद्वार गौतम गुरूडले ४७१ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा सुनिल रानाभाटले ५४३ मत र पेशल कोईराला ले ४५५ मत ल्याईबिजयी बने । उपाध्यक्ष पदका लागी रोशन पाठकको २७० मत र दिलानाथ भण्डारीले ३१२ मत प्राप्त गरेका थिए सचिव पदमा दिनेश कुमार गिरीले ५४२ मत र लोक बन्धु बस्नेतको ४९० मत लिएर बिजयी भएका छन् । तारा नाथ अधिकारिले ३६६ मत ल्याएर हारे ।

त्यस्तै निर्विरोध भएका कार्यसमितिको महिला उपाध्यक्षमा सीता सिंह महर्जन युवा संयोजकमा रामचन्द्र पौडेल र महिला संयोजकमा ऋतु ढुंगाना रेग्मी लगायत एकल ११ जना सदस्यहरु प्रकाश तिमिल्सिना,सन्तोष पौडेल,किरण चालिसे(प्रकाश),ज्ञान बहादुर बस्नेत,नेहा शर्मा कडेल,उमेश पुरी,सानु राउत,हिरालाल सापकोटा(डायमण्ड),सरोज कंडेल,टिकाराम कंडेल(शास्त्री) र पशुपति कडेल छन् ।

यसैगरी गैर आबासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य पदका लागि मुक्त बहादुर गुरुङ निर्विरोध निर्वाचित भए । महाधिवेशनका लागी जर्मनी निवासी एन आर एन यूरोप क्षेत्रका उपकोर्डीनेटर दावा जी शेर्पा प्रमुख अथितीका लागी बार्सिलोना आएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार