काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सवेन्द्र खनाल महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमा आएका छन् । खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएका चुनौतीलाई चिर्दै अगाडि बढ्ने बताएका छन् ।
खनाल ११ डीआईजी बढुवा सूचीको पहिलो नम्बरमा परेका छन् । ट्राफिक प्रहरीको कारबाही निष्प्रभावी भएको भन्दै महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) मिङमार लामालाई हटाएर खनाललाई ल्याइएको हो ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले खनाललाई मंगलबार नै हाजिर हुने गरी महाशाखा पठाएका छन् ।