उद्देश्य के लिनु उडी छुनु चन्द्र एक – धनकुटाका १६ बर्षे विवेकले बनाए पेट्रोल बिनै गुड्ने बाइक

धनकुटा ।धनकुटाका युवा विवेक श्रेष्ठले १६ बर्षकै उमेरमा पेट्रोल नभइकनै गुड्न सक्ने मोटरसाईकल बनाएर देखाएदिएका छन् ।आफ्नी दिदीले स्कुटर चलाउन नदिएपछि उनमा जागेको इख अनि कडा मेहनतले आफै मोटरसाईकल बनाएर कुदाउन सफल भएका हुन्। ‘केटाकेटी नै छ भनेर दिदीले स्कुटर कुदाउँन दिनुभएन, अनि मलाई आफै मोटरसाईकल बनाएर कुदाउँछु भन्ने लाग्यो ।’ विवेकले बताए ।

अधिकांस मोटरसाईकल पेट्रोल मार्फत गुड्ने गरेको भएपनि विवेकले बनाएको मोटरसाईकलमा पेट्रोल चहिदैन । उनले ब्याट्री मार्फत मोटरको सहायतामा गुड्ने मोटरसाईकल बनाएका हुन ।खेर जाने सामाग्रीहरुलाई पनि विवेकले मोटरसाईकल बनाउँन सदुपयोग गरेका छन । टिनको पाता, धारामा प्रयोग हुँने फलामको पाईप, काठको फल्याक, रड लगायत समाग्रीलाई वाईक बनाउँन प्रयोग गरिएको छ ।

विवेकका अनुसार यो मोटरसाईकल तीन घण्टा चार्ज गर्दा समथल सडकमा ६० किलोमिटरसम्म कुद्छ । उकालो–ओरालो सडकमा भने एकपटक गरिएको चार्जले ४० किलोमिटरसम्म कुदाउँन सकिन्छ । गुड्दा आवाज पनि नआउँने यो मोटरसाईकल प्रति घण्टा ४० किलोमिटर गुडाउँन सकिने विवेकले बताए । उनी भन्छन ‘ब्याट्री मार्फत गुड्ने भएकाले पेट्रोल नचाहिने र ध्वानी प्रदुसण नहुनाले पनि यो मोटरसाईकल अरुभन्दा उपयुक्त छ ।’कलिलो उमेरमै नयाँ मोटरसाईकल बनाउँन सफल भएका विवेकले यसलाई ब्यवसायीकता भने नदिने भएका छन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार