ग्रेटर रशमोर सोसाईटी बेलायतमा जिव बेल्बासे निर्बिरोध

IMG_8344लण्डन । बेलायतमै सबैभन्दा धेरै नेपालीको बसोबास रहेको राश्मोर क्षेत्रका नेपालीको साझा संस्थाका रुपमा काम गर्दै आएको ग्रेटर रशमोर नेपाली कम्युनिटीको अध्यक्षमा जिव बेल्बासे चयन भएका छन् ।
शनिबार सम्पन्न कम्युनिटीको सातौँ अधिवेसनले बेल्बासेको अध्यक्षतामा सिंगो कार्यसमिति नै निर्बिरोध चयन गरेको हो ।

नया कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रामधन राई, उपाध्यक्ष नेम थापा र रन्जिता मल्ल , महासचिब मान गुरुङ, सचिब युवन गुरुङ, कोषाध्यक्ष टोप पल्ली, सह कोषाध्यक्ष दिपक घले, महिला संयोजक लिला सेरिंग मावो, सह सास्कृतिक संयोजक सुरक्षा राना चयन भएका छन ।

सदस्यहरुमा भने भक्त छेत्री , जगना गुरुङ , प्रेम गुरुङ (वेब मास्टर), हरि भट्टराई , दिल नेपाली, नगेन्द्र नेम्बाङ्ग लगायत छन ।
यो कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार