एनआरएनए हङकङका उपाध्यक्ष उम्मेदवार कर्मा गुरुङमाथि मध्यराती चक्कु प्रहार

कर्मा गुरुङ र उनीमाथि आक्रमण भएको स्थलमा छानविन गर्दै प्रहरी

कर्मा गुरुङ र उनीमाथि आक्रमण भएको स्थलमा छानविन गर्दै प्रहरी

गैरआवासीय नेपाली संघ हङकङका उपाध्यक्ष पदका उम्मेदवार कर्मा गुरुङमाथि शुक्रबार मध्यराती चक्कु प्रहार भएको छ। बायाँ खुट्टामा चार ठाउँमा चक्कु र टाउकोमा बोतल प्रहार गरिएका गुरुङलाई उपचारका लागि याउमातेइस्थित कोङवा अस्पताल लगिएको छ।

दाई सोनम लामाका अनुसार कर्मा खतरामुक्त रहेका छन्।

जोर्डनमा रहेको आफ्नो होलसेल पसलबाट याउमातेइ घरतिर जाँदै गर्दा शुक्रबार राती करिब १२ बजे याउमातेइको पुरानो प्रहरी चौकीनेर छ जना पाकिस्तानी नागरिकको समूहले कर्मामाथि चक्कु प्रहार गरेको हो।

युनलोङबाट जोर्डन आएको १०–१२ जनाको समूहमध्ये छ जनाले कर्मामाथि आक्रमण गरेपछि दाई सोनमलाई फोन गरेर जानकारी दिएको बताइएको छ। आक्रमणकारीमध्ये शरणार्थी आवेदन दिएर हङकङमा बसिरहेका पाकिस्तानी नागरिक समेत रहेको प्रारम्भिक जानकारी एकजना प्रत्यक्षदर्शीले दिएका छन्।

नेपाल मनाङ जिल्लाका कर्माले २३ जुलाईमा हुने एनआरएनए हङकङको अधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

अहिले ललित सुब्बा अध्यक्ष रहेको कार्यसमितिमा सदस्य रहेका उनले टीका गुरुङको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका हुन्। आइतबार एनआरएनए हङकङको छैठौं अधिवेशन यहाँको पाकिस्तानी क्लबमा हुँदैछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार