प्रवेश परीक्षामा नाम निकालीदिन्छु भनि रकम ठगी गर्ने प्रहरी खोरमा

ललितपुर पुल्चोकस्थित ईन्जिनियरिङ कलेजमा नयाँ भर्ना हुन आउने विद्यार्थीलाई प्रवेश परीक्षामा नाम निकालीदिन्छु भनि रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ रंगेली नगरपालिका वडा नं –८ घर भई हाल ललितपुर पुल्चोक वस्ने २५ वर्षिय  देव शर्मालाई गत मंगलबार सोही कलेज नजिकबाट पक्राउ गरी  आज सार्वजनिक गरिएको महानगरिय प्रहरी परिसर ललितपुरले जनाएको छ । शर्माले प्रवेश परीक्षामा नाम निकालीदिन्छु भन्दै जनही ३ लाख रुपैयाँ लिने गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार