एनआरएन ईटालीको महाधिवेशन अगष्टमा

रोम । गैर आवासीय नेपाली संघ ईटालीको महाधिवेशन २७ अगष्टमा हुने भएको छ ।

आगामी २ वर्षको लागि नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी पाएको महाधिवेशन ईटालीको राजधानी रोममा आयोजना गर्न लागिएको हो ।

महाधिवेशनको लागि नयाँ सदस्यता वितरण तथा नवीकरण प्रकृया शुरुवात भैसकेको छ ।

साथै निर्वाचन प्रकृयाको लागि जनक पङ्गेनीलाई प्रमुख निर्वाचन संयोजक तोकिएको छ ।

भूकम्प पीडित राहतको लागि यूरोपक्षेत्रबाट नै सर्वाधिक रकम संकलन गरी हस्तान्तरण गरेको एनआरएनए ईटालीको महाधिवेशनलाई महत्वका साथ हेरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार