पूर्व राजा ज्ञान्द्रले गरे नेपालमै उपचार – मुटुमा स्टेन्ट राखियो

मुटुमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको एन्जियोप्लास्टी गरेर मुटुमा स्टेन्ट हालिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादव भट्टको नेतृत्वमा आज बिहान ११ बजे स्टेन्ट हालिएको हो ।

स्रोतका अनुसार एक साताअघि जेनरल चेकअप गर्दा चिकित्सकहरूले पूर्वराजा शाहको मुटुको रक्तनलीमा अवरोधको आशंका गरेका थिए । डा. भट्ट लगायत टोलीले एन्जियोप्लास्टी गर्दा मुटुको रक्तनली मा ८५ देखि ८८ प्रतिशतसम्म अवरोघ देखिएपछि स्टेन्ट हालेको हो । आगामी साता व्यक्तिगत कामका लागि बैंकक जान लागेका पूर्वराजाले नेपालमै एन्जियोग्राफी र आवश्यक देखिए एन्जियोप्लास्टी गराउने बताउँदै आउनु भएको थियो ।

यसैबीच, पूर्वराजा शाह केही दिन अस्पतालमै रहनु हुने भएको छ । आज नर्भिक अस्पताल भर्ना भएका शाहलाई केही दिन अस्पतालमै रहन चिकित्सकले सल्लाह दिएको उहाँको निजी सचिवालयले जनाएको छ । सचिवालयले विज्ञप्ति निकालेर पूर्वराजा शाहको कोरोनरी एन्जियोग्राम गर्दा एउटा नसामा समस्या देखिएको र त्यसको एन्जियोप्लाष्टी गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार