राप्रपा पतन हुनुको कारण के ? कमल थापाको विश्लेषण

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सर्मनाक हार व्योहोर्यो । संसदमा चौथों ठूलो दलको रुपमा रहेको राप्रपाले कुल ६१६ स्थानीय तहको मत परिणम आउदा जम्मा पाँच स्थानको प्रमुख हात पारेको छ ।

निर्वाचनको समिक्षासमेत गर्न बसेको राप्रपा केन्द्रीय समितिको बैठक अध्यक्ष कमल थापाले आफ्नो पार्टीले हार व्यहोर्नुमा जम्मा तीन वटा प्रमुख कारण उल्लेख गरेका छन् । बैठकमा प्रस्तुत ६ पेज लामो कार्यपत्रमा कांग्रेस, एमालेले र माओवादीले चुनावको बेला पैसाको खोलो गाउनु, पार्टीको संगठन कमजोर हुनु र व्यापक रुपमा राप्रपाले हिन्दू धर्म र राजतन्त्रको एजेण्ड छाडेको भ्रम फैलाउनुलाई हारको प्रमुख कारण उल्लेख गरेका छन् ।

पैसाको खोलो
थापाले गएको निर्वाचनमा पैसाको व्यापक प्रयोग र दुरुपयोग भएको बताएका छन् । उनले भनेका छन्, ‘राप्रपाले साधन श्रोतको परिचालनमा अन्य पार्टीहरुसंग प्रतिस्पर्धा गर्ने कुरा त परै जावस न्युनतम आबश्यकता समेत पुरा गर्न सकेन । खासगरि कांग्रेस, एमाले र माओवादी केन्द्रले चुनावलाई प्रभावित गर्न पैसाको जुन ढंगले प्रयोग गरे त्यसबाट आगामि दिनमा भ्रष्टाचार व्यापक हुने र प्रजातन्त्रको भविष्य समेत संकटमा पर्ने टडकारो संकेत देखिएको छ ।’

संगठनात्मक कमजोरी
थापाले आफ्नो पार्टीको हारको प्रमुख कारणको रुपमा संगठनात्मक शक्ति अत्यन्त कमजोर हुनु उल्लेख गरेका छन् । थापाले भनेका छन्, ‘वडा तहसम्म पार्टी संगठन बिस्तार र सुदृढ गर्ने कार्यमा समय र ध्यान दिन सकेनौ । पार्टीका अधिकांश नेताहरु राजधानी र जिल्ला सदरमुकामहरुमा नै अलमलिने प्रवृत्तिले समेत संगठन निर्माणमा नकारात्मक प्रभाव पारेको छ ।’

हिन्दु राष्ट्र र राजतन्त्रबारेको भ्रम 
थापाले आफ्ना पार्टी बिरुद्ध योजनावद्ध र संगठितरुपमा फैलाईएको नकरात्मक प्रचार र भ्रमलाई समयमा चिर्न र निराकरण गर्न नसकेको दावी गरेका छन् । उनले लेखेका छन्, ‘राप्रपाले हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा परित्याग गऱ्यो भन्ने आधारहिन र अनर्गल प्रचारवाजीले समेत निर्वाचनमा प्रभाव पारेको छ ।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार